राप्रपाको भातृ संगठनद्वारा एकता महाधिवेशन बहिष्कार
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ०:२३:२४
१८ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित उत्थान संघबाट अत्यन्त कम प्रतिनिधित्व गराइएको भन्दै उत्थान संघले राप्रपाको महाधिवेशन बहिष्कार गरेको छ । संघ राप्रपाको भातृ संगठन हो ।
आज आकस्मिक पत्रकार सम्मेलन गर्दै संघले पार्टी एकीकरणपश्चात् उत्पीडित समूदायलाई दिईएको ३ वटा कोटा पर्याप्त नरहेको भन्दै महाधिवेशन बहिष्कार गरेको जानकारी दिएको हो ।
कार्यक्रममा बोल्दै राष्ट्रिय संघका अध्यक्ष ऋषिबाबु परियारले हिन्दु धर्मभित्र रहेका विकृति र विसंगतिले दिनप्रतिदिन धर्म कमजोर भइरहेको भन्दै यस्ता समस्याहरुलाई अन्त्य नगरेसम्म हिन्दुधर्म बलियो बन्न नसक्ने धारणा राखेका थिए ।
साथै, उनले यस्ता समस्याको समाधान गर्नको लागि राज्यपनि उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिएका थिए । यस्तै, उनले ३ वटा पार्टीको एकीकरणपश्चात् संगठनको आकार पनि बढेको भन्दै उत्पीडित समुदायलाई दिइँदै आएको ३ वटा कोटा पर्याप्त नभएको बताएका थिए । ‘पार्टीमा हामीले यो कुरा राख्यौं, नेताहरुसँग अनुरोध गर्यौं तर, हाम्रो माग सम्बोधन भएन’ उनले भने ।
उनले मुलुकमा ७० लाखको हाराहारीमा रहेका दलित समुदाय र पछाडि परेका उत्पीडित वर्गलाई राष्ट्रिय विकासको मूल प्रवाहमा ल्याउन नसकेसम्म राष्ट्रिय विकासले गति लिन नसक्ने पनि धारणा राखे । उक्त कार्यक्रममा सहभागीहरुले राष्ट्रले दिएको अधिकार पनि पार्टीले बञ्चित गरेको भन्दै दुःख व्यक्त गरेका थिए ।
अध्यक्ष परियारले आफूले तीन वटा पार्टीबीच एकता भएपछि राष्ट्रिय प्रजातान्त्रिक उत्पीडित संगठनहरुलाई समायोजन गर्ने जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेको सुनाए । तर, अहिले पार्टीले महाधिवेशनमा आफूहरुको प्रतिनिधित्व अत्यन्तै कमजोर रुपमा गराएको भन्दै उनले असन्तुष्टि पोखे । संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘पछाडि परेको वर्गलाई अगाडि बढाउने सन्दर्भमा यतिखेर राष्ट्रिय प्रजातन्त्र पार्टी चुकेको छ र विवेक गुमाएको छ । तसर्थ, राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन उत्पीडित उत्थान संगठन यो एकता महाधिवेशन सर्वसम्मत् रुपमा बहिष्कार गरिएको व्यवहोरा निवेदन गर्दछौं ।’
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार
उखुको जुस बेचेर मनग्गे आम्दानी गर्दै पञ्चलाल
मंसिर १३, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै
मंसिर १३, २०८१ बिहिबार
बाढीले पुल बगाएपछि फोक्सिङटारमा अस्थायी बेलिब्रिज
मंसिर १३, २०८१ बिहिबार
सूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार