खुल्ला मिनी म्याराथनको उपाधि बुढालाई
सरला बैजु
मंसिर १८, २०७८ आइतबार ४:९:५०
१८ मंसिर, लमजुङ । लमजुङमा भएको प्रथम खुल्ला मिनी म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका दुर्गाबहादुर बुढाले जितेका छन् ।
जिल्ला खेलकुद विकास समितिको आयोजनामा आज सुन्दरबजार नगरपालिका–९ भोटेओडारमा भएको उक्त प्रतियोगिताको उपाधि विजेता भारतीय सेनामा कार्यरत बुढाले मिनी म्याराथन दौड ४४ मिनेट ११ दशमलव २४ सेकेन्डमा पूरा गरे । उनले प्रतियोगितामा सहभागी १२० जनालाई उछिन्दै उपाधिसँगै ४४ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
त्यस्तै, भारतीय सेनामा कार्यरत पर्वतका अनिश थापामगर ४४ मिनेट ११ दशमलव ९६ सेकेन्डमा सो दूरी पार गर्दै दोस्रो भए । उनले २२ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुन सफल त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठले निर्धारित दूरी ४५ मिनेट ४५ दशमलव ६२ सेकेन्ड, सान्त्वना पुरस्कार प्राप्त गरेका त्रिभुवन आर्मी क्लबकै रामजी बस्नेतले ४६ मिनेट ४५ दशमलव ४० सेकेन्ड र नवराज साउतले ४७ मिनेट ११ सेकेन्डमा उक्त दूरी पूरा गरे । श्रेष्ठले ११ हजार तथा बस्नेत र साउतले पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।
विजयी खेलाडीलाई संविधानसभा सदस्य जमीन्द्रमान घले, गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्यसचिव तेजबहादुर गुरुङ, सुन्दरबजार नगरपालिका प्रमुख जनकराज मिश्र, आयोजक समितिका अध्यक्ष योगबहादुर गुरुङलगायतले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार