प्रदेश २ मा राजश्व असुलीमा प्रहरी आक्रामक बन्दै
सरला बैजु
मंसिर २०, २०७८ सोमबार १४:१७:२१
![](https://nepalbahas.prixacdn.net/media/albums/%E0%A4%97%E0%A4%9C%E0%A4%B8%E0%A4%B9%E0%A4%A4-%E0%A4%AA%E0%A4%95%E0%A4%B0%E0%A4%89_eUD6pudegu.jpeg)
२० मंसिर, वीरगञ्ज । अवैध सामान तथा तस्करी नियन्त्रणमा व्यापक प्रहरी परिचालनपश्चात् राजश्व असुलीमा उल्लेख्य सुधार भएको भन्सार कार्यालयले जनाएको छ ।
प्रदेश नं. २ सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनीले अवैध कार्यविरुद्ध अभियान सञ्चालन गरेपछि पक्राउ अभियान बढेको हो ।
नयाँ नेतृत्व अर्थात् सशस्त्र प्रहरीका डीआईजी गणेशबहादुर ठाडा मगर आएपश्चात् तस्करीजन्य कार्य नियन्त्रणमा थप आक्रामक बनेको सशस्त्र प्रहरी बल छिन्नमस्ता वाहिनी क्रमशः राजश्व असुलीमा विभिन्न उपलव्धि हासिल गरेको देखिन्छ । गत डेढ महिनामा करिब १० करोड बराबरको अवैध सामान बरामद गरेको तथा तस्करी नियन्त्रणमा प्रहरी परिचालन गरिएको छ ।
गत असोज महिनाका लागि १७ अर्ब एक करोड ३४ लाख ११ हजार ५ सय अनुमानित लक्ष्य तोकिएका २ नं प्रदेशको विभिन्न भन्सार कार्यालयहरुबाट लक्ष्यभन्दा ३ अर्ब ९१ करोड बढी अर्थात् २० अर्ब ९२ करोड ४७ लाख ४५ हजार ७ सय ४ राजश्व संकलन गर्न सफल भएको तथ्यांकले देखाएको छ ।
राजश्वको वृद्धि यो महिनासमेत २० प्रतिशतभन्दा बढी उठ्ने संकेत देखिएको छ तर अन्तिम डाटा आउन बाँकी रहेको अवस्था छ ।
यसबाहेक विभिन्न खालका लागूऔषधसहित ११ जना व्यक्ति पक्राउ परेका छन् भने ललाईफकाई भारत लैजान लागेका ४ बालिकासहित ४ व्यक्तिलाई पनि प्रहरीले समाएको छ । तिहार लगायत चाडपर्वको अवसरमा ४ लाखभन्दा बढी मूल्यका विभिन्न खाले पटकाहरु बरामद गरी नष्ट गरेको पनि बताइएको छ । सशस्त्र प्रहरी बल विपद् तथा सडक दुर्घटना उद्धार कार्यमा परिचालन लगायतका कार्यमा पनि सक्रिय सहभागी भएको देखिन्छ ।
सूचनाको प्रभावकारी परिचालनपश्चात् गत कार्तिक २८ गतेबाट सबै जिल्लाहरुमा लगाइएको गाँजा फँडानी सुरु गरेको सशस्त्र प्रहरीले संयुक्त रुपमा महोत्तरी र सर्लाहीको करिब १४ बिघामा लगाइएको गाँजा नष्ट गरेको छ । यस क्रममा करिब १० ट्रक गाँजा नष्ट गरेको वाहिनी प्रमुख डीआईजी गणेशबहादुर ठाडा मगरले बताएका छन् । वाहिनी श्रोतका अनुसार यो अभियान अन्य जिल्लाहरुमा समेत निकट भविष्यमा सञ्चालन गर्ने गरी कयौँ बिघामा लगाइएको गाँजा नष्ट गरिने योजना रहेको बताइएको छ ।
यस अलावा यो अवधिमा पर्सा, बारा, सप्तरी, महोत्तरीलगायका जिल्लाका विभिन्न स्थानबाट करिब २ सय ५० केजीभन्दा बढी तयारी गाँजा, २२ केजी चरेस तथा व्यक्तिहरु पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको छ । कार्तिक २८ मा महोत्तरीको एकडाँडा इलाकाबाट ४४ केजी तथा कार्तिक ३० गते राति बाराको बेनौली इलाकाबाट थप ४० केजी गाँजा बरामद गरिएको थियो ।
भरपर्दो सूचना तथा प्रभावकारी परिचालनको कारण विभिन्न जिल्लाका विभिन्न स्थानबाट चोरी तस्करीबाट ल्याउँदै गरेको तथा लुकाईछिपाई राखेको करिब ५ सय क्यु फिट काठ बरामद गरी विभिन्न वन कार्यालयहरुमा बुझाएको छ ।
यसै क्रममा कार्तिक २९ गते रौतहट वृन्दावन नपा–६ इसा महमद्को घर इलाकाबाट ११ गोलिया ९३३ क्यु फिट० तथा ६९.२४ क्यु फिट चिरान काठ बरामद गरी वन कार्यालय चन्द्रपुरमा बुझाएको छ ।
त्यस्तै गत शुक्रबार जिल्ला महोत्तरी एकडाँडा गाउँपालिका–५ गेना बथनाहामा सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबास महोत्तरीबाट खटिएको सप्रबह मन्तोषकुमार सिंहको ५ जनाको स्क्वाड टोलीले चेक जाँच गर्ने क्रममा नेपालबाट भारततर्फ ३ जना व्यक्तिहरु क्रमशः महोत्तरी एकडाँडा–५ बस्ने वर्ष ३६ को रमेश पासवान, वर्ष ६० का राम खेलावन मण्डल र महोत्तरी जलेश्वर–७ बस्ने वर्ष ५० को सुरेश यादवले लैजाँदै गरेको प्रतिबन्धित लागूऔषध गाँजा १ सय १.५ केजीसहित उनीहरुलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएको कुरा डीआईजी मगरले बताएका छन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
फागुन २, २०८१ शुक्रबार
काठमाडौंको काडाँघारीबाट साढे ४ सय किलो बढी रक्तचन्दन बरामद, दुई जना पक्राउ
माघ २, २०८१ बुधबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार