कर्णाली प्रदेशका कांग्रेसीहरुको सुख-दुःखमा सधैं साथमा रहने युवा नेता शाहीको प्रतिबद्धता
नेपालबहस संवाददाता
मंसिर २१, २०७८ मंगलबार १८:५२:३२
२१ मंसिर, सुर्खेत । नेपाल तरुण दलका महामन्त्री तथा कर्णाली प्रदेश सभापतिका प्रत्यासी भुपेन्द्रजंग शाहीले आफ्नो चाहना गुट नभई सिंगो कांग्रेस बलियो बनाउने रहेको बताएका छन् ।
निर्वाचनमा जाँदा विजय वा पराजय स्वभाविक भएको बताउँदै नेता शाहीले कर्णाली प्रदेश सभापतिमा विजयी हुने ललितजंग शाही लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्य साथीहरुमा हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त पनि गरेका छन् ।
हिजो एक विज्ञप्ति जारी गर्दै नेता शाहीले भनेका छन् “संघीय संरचनापछिको नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशन सम्पन्न भएको छ । एक जीवन्त पार्टीमा नेतृत्व छनोट गर्नका लागि लोकतान्त्रिक अभ्यास निर्वाचन प्रक्रियामा जानु विधि सम्वत् हो । मैले सुदृढ कांग्रेस र समृद्ध कर्णाली बनाउने सपना बोकेर कर्णाली प्रदेश सभापति पदको निर्वाचन प्रक्रियामा भाग लिएको थिए । निर्वाचन प्रक्रियामा पराजित हुदाँ मैले प्रदेश सभापति पद गुमाएँ । तर मैले कर्णालीमा कांग्रेसलाई बलियो बनाउने सुदृढ कांग्रेस समृद्ध कर्णालीको सपना गुमाएको छैन । कर्णालीका आम कांग्रेसजनहरूको माया, ममता र सद्भाव धेरै नै प्राप्त गरेको छु ।”
आफूलाई मत दिने सबै मतदाताहरूप्रति कृतज्ञता व्यक्त गर्दै उनले प्रतिनिधिहरूले लगाएको ऋण तिर्नका लागि आफू सधैं लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कर्णालीमा आगामी सबै तहका संसदीय निर्वाचनमा नेपाली कांग्रेसलाई विजयी गराउने ठुलो चुनौती रहेको उल्लेख गर्दै शाहीले भनेका छन् “यो चुनौतीलाई सामना गर्न अबको दिनमा नेपाली कांग्रेस एक ढिक्का भएर अगाडि बढ्नुपर्ने अवस्था छ । यस अभियानमा प्रदेश कार्यसमितिमा विजयी भएका साथीहरू भन्दा अझै बढी सक्रिय भएर संगठन गर्ने अठोट गरेको छु।”
प्रदेश अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेल्ने कर्णाली प्रदेशका दश वटै जिल्ला सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि पार्टीका सम्पूर्ण नेता र कार्यकर्ता, निर्वाचन समिति र अग्रज नेताहरूप्रति हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दै नेता शाहीले उनीहरुको हरेक सुख दुःखमा सदैव साथमा रहने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशे–फोक्सुण्डो गाउँपालिकाको गैरसरकारी संस्थासँगको सहकार्यमा जोड
मंसिर १०, २०८१ सोमबार
कर्णालीमा अझै आयोडिनयुक्त नुन पु-याउनै कठिन
मंसिर ३, २०८१ सोमबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार