माओवादी केन्द्रीय विभागको गठनः पूर्वमुख्यसचिव पौडेलदेखि पूर्वगभर्नर क्षेत्रीसम्म सदस्यमा नियुक्त
नेपालबहस संवाददाता
मंसिर २३, २०७८ बिहिबार १६:५०:५
२३ मंसिर, काठमाडौं । राष्ट्रिय सम्मेलनको सम्मुखमा नेकपा माओवादी केन्द्रले मन्त्रालय सरहकै ३३ वटा विभाग गठन गरेको छ । केन्द्रीय पदाधिकारीमा सबैलाई भाग पुर्याउनु पर्ने र पार्टीभित्र थप विवाद नहोस् भन्नका लागि माओवादी केन्द्रले राष्ट्रिय सम्मेलन आउनुअघि केन्द्रीय विभागहरु गठन गरेको हो ।
माओवादीले ३३ विभाग र एउटा नीति अनुसन्धान प्रतिष्ठान गठन गरेको छ । माओवादी केन्द्रले अर्थ तथा योजना, उद्योग तथा वाणिज्य, उपभोक्ता हित तथा आपूर्ति, कृषि तथा भूमिसुधार, कोष तथा आर्थिक व्यवस्थापन, खानेपानी तथा सरसफाइ, जलस्रोत सिँचाइ तथा ऊर्जा लगायतका ३३ वटा विभाग गठन गरेको छ । सबै विभागमा प्रमुख र उपप्रमुखसहित सदस्यहरु तोकेको छ ।
माओवादीको पार्टी स्कुल विभागको इन्चार्ज पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै रहेका छन् । सो विभागको प्रमुख गिरिराजमणि पोखरेललाई बनाइएको छ । माओवादी संसदीय दलका नेतासमेत रहेका माओवादी अध्यक्ष प्रचण्डलाई संघीय संसदीय विभागको प्रमुख तोकिएको छ । प्रचण्ड प्रमुख रहेको संघीय संसदीय विभागको उपप्रमुख पार्टी प्रवक्ता कृष्णबहादुर महरा छन् । पार्टी प्रवक्ता महरालाई राष्ट्रिय सुरक्षा विभागको पनि प्रमुख बनाइएको छ ।
यसैगरी माओवादी स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठलाई विदेश मामला विभागको प्रमुख तोकिएको छ । माओवादी केन्द्रले अर्थ तथा योजना र कोष तथा आर्थिक व्यवस्थापन भन्ने दुई छुट्टाछुट्टै विभाग बनाए पनि अर्थमन्त्री शर्मालाई भने दुवै विभागमा नराखेर संगठन विभागको प्रमुख बनाएको छ । अर्थ तथा योजना विभागको प्रमुखमा वर्षमान पुन छन् भने कोष तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय छन् ।
यस्तै, ३५ सदस्य रहने गरी गठन गरिएको नीति अनुसन्धान प्रतिष्ठानमा १८ सदस्य मात्र छन् भने प्रमुख र उपप्रमुखसहित अन्य सदस्य खाली राखिएको छ । निर्वाचन विभागमा पूर्वप्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई पनि समेटिएको छ । त्यसैगरी पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री, पूर्व राजदूत एवं मुख्यमन्त्री लीलामणि पौडेल पनि विभागमा समेटिएका छन् ।
पूर्वमुख्यसचिव लीलामणि पौडेल नेकपा (माओवादी केन्द्र) को राजकीय मामला तथा सुशासन विभाग सदस्यमा नियुक्त भएका छन् भने निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधिप्रसाद यादव र आयुक्त सुधीर साह निर्वाचन विभागको सदस्य नियुक्त भएका छन् । अधिवक्ता खिमलाल देवकोटा नेतृत्वको विभागको २८ सदस्यीय टिममा यादव र शाह पनि समेटिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार