विद्यार्थीद्धारा गोर्खा इको प्यानलको अवलोकन
सरला बैजु
मंसिर २३, २०७८ शुक्रबार १:५६:५७
२३ मंसिर, भक्तपुर । कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी चापागाउँं रोड ललितपुर नेपालका विद्यार्थीले आज भक्तपुरस्थित गोर्खा इको प्यानलको अवलोकन भ्रमण गरेका छन् ।
स्नातक तह आर्किटेक्चर पहिलो वर्ष पहिलो सेमेष्टरका ४८ जना विद्यार्थीले भक्तपुरको चाँंगुनारायण नगरपालिका–९ हनुमानचास्थित कारखानामा पुगेरका इको प्यानलको विविध विषयमा जानकारी लिएका हुन् । नयाँं निर्माण सामाग्रीको रुपमा रहेको इको प्यानलकाबारेमा विद्यार्थीले अभिरुचिपूर्वक अवलोकन भ्रमण गरेका थिए ।
भ्रमणमा आएका विद्यार्थीलाई गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां, प्रोजेक्ट म्यानेजर इन्जिनिर कृष्णसुन्दर कुम्पाखलगायतले विविध जानकारी दिलाएका थिए ।
विद्यार्थीलाई स्वागत गर्दै सीईओ कवांले गोर्खा इको प्यानल नेपालमै पहिलापल्ट उत्पादित इको प्यानल रहेको जानकारी गराए । हलुका, भूकम्पप्रतिरोधी, ध्वनि प्रतिरोधी, अग्नी प्रतिरोधीलगायतका विशेषताका कारण गोर्खा इको प्यानलको माग देशभरि रहेको उनले जनाए । यसकारण पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नै डिलरहरुमार्फत् गोर्खा इको प्यानलको विक्रीवितरण भइरहेको जानकारी सीईओ कवांले दिए ।
गोर्खा इको प्यानलबाट तीव्र निर्माण सम्भब हुन्छ । यही कारण पनि यसको माग वढी भएको कम्पनीका प्रोजेक्ट म्यानेजर कुम्पाखले विद्यार्थीलाई जानकारी गराए । निर्माणस्थलमा लगेर जडान मात्रै गरे पुग्ने भएकोले यसले तीव्र निर्माण सम्भब हुने गरेको उनले बताए । यही कारण भूकम्पपछि यसको माग अझ वढी तीव्र रुपमा वढेको र यही निर्माण सामाग्रीकै कारण भूकम्पपछिको तीब्र पुननिर्माणमा सहयोग पुगेको उनले सुनाए । हलुका हुनाका कारण विकट जिल्लाहरुमा यसको आपूर्ति सहज भई त्यस्ता ठाउँंहरुमा पनि त्यसको विक्रीवितरण अत्याधिक रहेको उनले जनाए ।
विद्यार्थीले कारखानामा लगेर इको प्यानल कसरी जडान गर्ने ? यसको उत्पादन कसी हुन्छ? लगायतका विषयमा प्रत्यक्ष जानकारी पाएका थिए । साथै गोर्खा इको प्यानल अग्नि प्रतिरोधीसमेत भएको भन्दै इको प्यानलमा पेट्रोल छर्केर बाल्दा पनि नबलेको देखाइएको थियो ।
अवलोकनमा विद्यार्थीसहित कलेजका आर्किटेक्ट विभागका शिक्षकहरु विनयराजन श्रेष्ठ, कैलाश सुवाल र रुचि बज्राचार्य सहभागी भएका थिए । गोर्खा इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग गरिने नयाँं निर्माण सामाग्री हो ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार