शेरबहादुरले सर्वसम्मत सभापतिमा रामचन्द्रलाई प्रस्ताव गर्न निधिको आग्रह
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार १८:२८:५२
२४ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गर्न शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने उनको भनाई छ अन्यथा सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहने अडान उनले लिएका छन् ।
चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले शुक्रबार ललितपुरमा गरेको कार्यक्रममा निधिले १३ औं महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु राम्रो हुने बताए । त्यस्तो अवस्थामा सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनले बताए । देउवाले रामचन्द्रलाई समर्थन गरिदिने हो भने आफूहरुमाथि पनि दबाब पर्ने उनको भनाइ थियो ।
निधिले भने, ‘शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने मान्न सकिन्छ ।’ अन्यथा आफू पनि सभापतिमा उम्मेदवार बन्ने र पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्ने उनले बताए ।
उनले जनताको र नेपाली कांग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दाखेरि आगामी चुनावका लागि पनि नेपाली कांग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना भएकोले पनि देउवाले रामचन्द्रलाई सभापतिमा प्रस्ताव गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘देउवाले रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।’ यसले कांग्रेसमा एकताको सन्देश प्रवाह हुने निधिको भनाइ छ ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसूचना आयोगले प्रधानमन्त्रीसमक्ष बुझायो वार्षिक प्रतिवेदन
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री डा राणा चीन प्रस्थान
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
एनपीएल खेल डिशहोम र एक्सन स्पोर्टसको यूट्यूब च्यानलमा लाइभ हेर्न पाइने
मंसिर १३, २०८१ बिहिबार
एमाले नेता सवार सरकारी गाडी स्थानीयको नियन्त्रणमा
मंसिर १३, २०८१ बिहिबार