मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न आग्रह
सरला बैजु
मंसिर २४, २०७८ शुक्रबार २३:२१:४८
२४ मंसिर, काठमाडौं । ‘मर्यादित जीवन, स्वच्छ महिनावारी’ का सवाललाई सचेतना अभियानका रुपमा सञ्चालन गर्ने ध्येयले निर्मित वृत्तचित्रको आज कानून निर्माता, कार्यान्वयनकर्ता र अधिकारकर्मीका बीच प्रदर्शनी गरिएको छ ।
ग्लोबल एक्सन नेपाल र ‘डिग्निटी विथआउट ड्याञ्जर’को सहकार्यमा संयुक्त राज्य अमेरिकाको पिचवर्ग विश्वविद्यालय र बेलायतको जोन मोर विश्वविद्यालयको सहयोगमा निर्मित सो ३७ मिनेटको वृत्तचित्रमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लामा देखिने विभेदपूर्ण छाउपडी प्रथाका कथाव्यथालाई प्रस्तुत गरिएको छ ।
निर्मला भट्ट निर्देशित वृत्तचित्रमा ११ जना महिलाले पात्र र प्रवृत्तिलाई प्रस्तुत गर्दै विगतको कुसंस्कारका रुपमा रहेको छाउपडी र त्यसमा आएको सचेतना तथा सुधारका पक्षलाई उजागार गरिएको छ ।
उक्त वृत्तचित्रलाई प्राप्त सुझावका आधारमा परिमार्जन गरी राष्ट्रव्यापीरुपमा सम्प्रेषण गरिने ग्लोबल एक्सन नेपालका कार्यकारी निर्देशक बाबुकाजी श्रेष्ठले जानकारी दिए । उनले माध्यमिक तहका पाठ्यक्रममा मर्यादित महिनावारीबारे उल्लेख भए पनि शिक्षकलाई थप सहजीकरण आवश्यक भएको बताए ।
वृत्तचित्र अवलोकनपछि सांसद नरबहादुर धाँमी, वाग्मती प्रदेशसभा सदस्य माधव पौडेल, जीवन खड्का, प्रदेश नं १ का सभासदस्य उत्तम बस्नेत र बुद्धीकुमार रायमाझी, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा हरि लम्साल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि डा शालिकराम धिताल, कञ्चनपुरको वेद नगरपालिका–५ का वडाध्यक्ष गजेन्द्र विकलगायतले मर्यादित महिनावारीलाई अभियानका रुपमा सञ्चालन गर्न प्रतिबद्धता व्यक्त गरेका थिए ।
उनीहरुले विकास साझेदारले सहयोग गरेमा मात्रै चेतनामूलक कार्य हुने स्थितिको अन्त्य गरी यसलाई जीवनपद्धतिकै रुपमा अँगाल्न आग्रह गरे ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
सरकार जनतालाई स्वच्छ एवं शुद्ध खानेपानी पुरयाउन कटिबद्ध छ : मन्त्री यादव
मंसिर ९, २०८१ आइतबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार