बालविवाह कसूरमा छ महिना कैद !
नेपालबहस संवाददाता
मंसिर २७, २०७८ सोमबार १४:३५:५०
२६ मंसिर, दैलेख । बालविवाह गरेको कसूरमा एक युवकलाई दैलेख जिल्ला अदालतले ६ महिना कैद र पाँच हजार जरिवाना गरेको छ ।
चामुण्डाबिन्द्रासैनी नगरपालिका–३ चाल्नेका २३ वर्षीय भक्तिराम कँडेललाई १५ वर्षीया बालिकालाई ललाई फकाई बालविवाह गरेको कसूरमा आज आइतवार उक्त सजाय भएको ।
०७८ कात्तिक २६ गते सुर्खेतबाट ती बालिकालाई ललाई फकाई बालविवाह गरेको भन्दै दैलेख जिल्ला अदालतमा मुद्दा पेश भएकै दिन आज सजाय भएको हो ।
बालिकालाई ३ महिना कैद र २५ सय रुपैंयाँ जरिवाना तोकिए पनि उनी आफै अन्जान भएको कारण सुध्रिने मौका सहित हाललाई सजाय स्थघन गरेर अभिभावकसंग बस्न पाउने फैसला भएको छ ।
जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको इजलासबाट उक्त फैसला भएको दैलेख जिल्ला अदालतका श्रेस्तेदार उपसचिव इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बालविवाह भएको एक सातामा बालिकाका आफन्तले जिल्ला प्रहरी कार्यालय दैलेखमा दिएको जाहेरीपछि प्रहरीले गरेको अनुसन्धान आधारमा जिल्ला सरकारी वकील कार्यालयले बिहीवार दैलेख जिल्ला अदालतमा बालविवाह कसूरमा अभियोग पेश गरेको थियो ।
अभियोग सम्वन्धमा आइतवार बसेको बाल इजलासमा भएको थुनछेक बहसपछि न्यायाधीश लामिछानेले सो फैसला गरेका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
नेपालबहस संवाददाता
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
वैदेशिक रोजगारीमा रहेकालाई दूतावासको विशेष काउन्टर सेवा
माघ १२, २०८१ शनिबार
लहान नगरपालिकाविरुद्ध किसानहरुको विशाल जनप्रदर्शन, खुटी नहरमा गाडे झन्डा
माघ १२, २०८१ शनिबार
पोखरालाई खेलकुदको केन्द्र बनाउनुपर्छः सञ्चारमन्त्री गुरुङ
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार