जेसीआई काठमाडौं लेडी को ४३ औं बोर्डको अध्यक्षमा सोनी श्रेष्ठ
नेपालबहस संवाददाता
मंसिर २७, २०७८ सोमबार १७:११:३६
२७ मंसिर, काठमाडौं । जेसीआई काठमाडौं लेडीको ४३औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । १९७८ मा स्थापना भएको जेसीआई काठमाडौं लेडी सामाजिक संस्था हो । संस्थाले सामाजिक सेवाको साथै व्यक्तित्व र नेतृत्व विकास गर्न मुख्य भूमिका खेल्दै आएको छ । सोही उदेश्य अनुरुप स्थापना कालदेखि नै जेसीआइ काठमाडौंले सामाजिक, आर्थिक तथा समय अनुकूल विभिन्न क्रियाकलाप गर्दै आएको छ ।
गत मंसिर २४ गते सम्पन्न कार्यक्रममा २०२१ का अध्यक्ष जेसी रिन्कु बजाचार्य श्रेष्ठ कार्यक्रमको सभापति, प्रमुख अतिथि अधिवक्ता श्रृजना माली प्रधान, अतिथि जेसीआई काठमाडौं लेडीका १९९९ का अध्यक्ष साथै सन् २००० का जेसीआइ भिपि सेन कृति तुलाधर थिए । कार्यक्रमको सुरुवात वर्ष २०२१ का कार्यकारीणी उपाध्यक्ष जेसी सुनिता राजभण्डारी स्वागत मन्तब्यबाट आरम्भ भएको थियो ।
वर्षभरिको कार्यक्रमको प्रतिवेदन २०२१ का महासचिव जेसी सोनी श्रेष्ठले पढेर सुनाएकी थिइन् । त्यस्तै कार्यक्रममा अतिथि वक्ताले महिलाको हक, हित र अधिकार सम्बन्धि महत्वपूर्ण भनाइ राखेकी थिइन् । जेसिआई वर्ष २०२१ का अध्यक्षले आफ्नो छोटो मिठो भनाइ साथै बर्ष भरिको कार्यक्रमको विवरण सुनाएका थिए । कार्यक्रममा थेम डाईरेक्टर जेसी शिल्भि नकर्मिले धन्यवाद मन्तव्य राखेका थिए ।
काठमाडौं लेडीको ४३औ बार्षिक साधारण सभा २०२१ का सभापतित्व जेसी रिन्कु बजाचार्य श्रेष्ठ, निर्वाचन आयुक्त कमिटीमा वर्ष २०१६ का अध्यक्ष सुनिता श्रेष्ठ साथै सहयोगिमा वर्ष २०१७ की अध्यक्ष सजना नकर्मीबाट सर्वसम्मत २०२२ का लागि नयाँ बोर्ड चुनिएको थियो ।
नव गाठित बोर्डमा अध्यक्ष सोनी श्रेष्ठ, कार्यकारीणी उपाध्यक्ष सबिना श्रेष्ठ, मिलि श्रेष्ठ र शर्मिला नकर्मी रहेका छन् । त्यस्तै महासचिवमा कमला गुरुङ प्रधान चयन भएका छन् । त्यस्तै कोषाध्यक्षमा शिल्भि नकर्मी, उपाध्यक्षमा स्वेच्छा रन्जित, शाइना तामाराकार, सबिना महर्जन श्रेष्ठ, दिल शाहि, माला थाहा मगर, शान्ता भट्टराई चयन भएका हुन् । कार्यक्रम ठमेलको लुना रेस्टुरेन्टमा सन्चालन भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल प्रेस युनियनको निर्णयप्रति धर्मेन्द्र झाको असन्तुष्टि, सल्लाहकारबाट दिए राजीनामा
मंसिर २३, २०८१ आइतबार
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्तमा आचार्य सिफारिस, आयुक्तमा विष्ट र भण्डारी
कात्तिक २०, २०८१ मंगलबार
लायन्स क्लव ३२५ केले चोभारमा मञ्जुश्री पार्क बनाउने, अनुमानित लागत ३५ लाख
कात्तिक १६, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार