भारतकी हरनाज सन्धु बनिन् मिस यूनिवर्स
सरला बैजु
मंसिर २७, २०७८ सोमबार १७:२६:२४
२७ मंसिर, काठमाडौं । भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स –२०२१ को ताज जितेकी छन् ।
सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनल राउन्टमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछि पार्दै सन्धुले मिस युनिभर्सको ताज पहिरिन सफल भएकी हुन् ।
सन्धु भरतको पञ्जाबस्थित चन्डिगढकी बासिन्दा हुन् । २१ वर्षीया सन्धु मिस युनिभर्स बन्ने तेस्रो भारतीय सुन्दरी हुन् ।
मिस युनिभर्समा भाग लिनु पहिला उनले फिल्म क्षेत्रमा समेत काम गरेकी छन् । उनी अभिनित पञ्जाबी फिल्म ‘भाइ जी कुटाङ्गे’ र ‘यारा गियान पू बरम’ आगामी वर्ष रिलिज हुँदैछन् ।
योसँगै भारतले २१ सालपछि मिस युनिभर्सको उपाधि जितेको छ । यसअघि सन् १९९४ मा सुश्मिता सेन र २००० मा लारा दत्ताले उक्त उपाधि जितेका थिए । मिस युनिभर्स पेजेण्ट डिसेम्बरमा इजरायलमा भएको थियो ।
मिस युनिभर्स रनरअप मा पाराग्वेकी नाडिया फेरेरा र सेकेन्ड रनरअपमा मिस साउथ अफ्रिकाकी लालेला मस्वाने भएकी थिईन् ।
पञ्जाबस्थित चन्डिगढकी बासिन्दा हरनाजले मिस दीवा मिस युनिभर्सको उपाधी पाएकी थिईन् । हरनाज पेशाले एक मोडल हुन् । उनले चन्डिगढबाट नै स्कुलको शिक्षा पाएकी थिन भने अहिले उनी मास्टर्स गरिरहेकी छन् ।
उक्त मिस युनिभर्समा बलिउडकी नायिका उर्वशी रौतेलाले जर्ज गर्ने मौका पाएकी थिईन् । उनी भारतीय पक्षको टीममा थिईन् ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार