समस्यामा भजनी प्राथमिक स्वस्थ्य केन्द्र
सरला बैजु
मंसिर २७, २०७८ सोमबार २१:५०:३
झलनाथ खनाल
२७ मंसिर, भजनी । कैलालीको भजनी प्राथमिक स्वस्थ्य केन्द्र भजनी नगरपालिकाको स्थानीयवासीका लागि मात्रै नभइ आसपासका स्थानीय तहका नागरिकको पनि उपचारका लागि एक मात्रै सुविधायुक्त स्वास्थ्य केन्द्र हो ।
भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र जोशीपुर गाउँपालिकाबाट नागरिक उपचारका लागि भजनी प्राथमिक स्वस्थ्य केन्द्र पुग्ने गरेको भए पनि स्वस्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको दरबन्दी नहुँदा समस्या भएको छ । अहिले स्वस्थ्य केन्द्रको व्यवस्थापन समितिले १४ जना कर्मचारी करारमा र दुईजना ज्यालादारीमा राखेको छ ।
स्वास्थ्यकेन्द्रको आम्दानी भनेको स्वास्थ्य बीमा मात्रै हो । स्वास्थ्य बीमाको रकम पनि समयमा नआउने भएका कारण आर्थिक भार थेग्न निकै मुस्किल हुने गरेको स्वास्थ्य केन्द्रका प्रमुख डा.सुवास स्वार बताउँछन् । स्वास्थ्य केन्द्रमा एकमात्र मेडिकल अधिकृतको दरबन्दी छ । त्यो पनि लामो समयदेखि खाली छ ।
केही वर्षदेखि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका स्वास्थ्यकर्मीले दुईवर्ष सरकारी स्वस्थ्य संस्थामा काम गर्नुपर्ने व्यवस्था अनुसार स्वास्थ्य केन्द्रमा आएका स्वास्थ्यकर्मीकै भरमा बिरामीले उपचार पाइरहेका छन् । अहिले स्वास्थ्य केन्द्रमा दुईजना मेडिकल अधिकृत छन् । त्यसमा पनि एकजना तालिममा छन् । एकजनले स्वास्थ्य केन्द्रमा २४ घण्टा काम गर्नुपर्ने बाध्यता रहेको डा स्वारले बताए ।
भजनीमा प्राइभेट क्लिनिक पनि छैन । स्वास्थ्य जाँचको लागि सबै नागरिकको माध्यम भनेकै भजनी प्राथमिक स्वास्थ्य केन्द्र मात्रै हो । त्यतिमात्र होइन, यदि स्वास्थ्य केन्द्रमा औषधि नपाए त्यो औषधिका लागि भजनी बाहिर जानुपर्ने बाध्यतामा भजनीवासी छन् । “बिरामीको संख्या अत्याधिक हुन्छ । जनशक्ति छैन । प्रसूति गृहमा पनि अवस्था त्यस्तै छ ।
महिनामा ५० भन्दा बढी गर्भवती आउँछन्”, मेडिकल अधिकृत स्वारले भने, “सायद यो कैलालीकै एकमात्र स्वस्थ्य केन्द्र हो, जहाँबाट अस्पतालले दिने सबै सेवा दिएको छ । कर्मचारीको अभावका बाबजुद पनि ।” स्वास्थ्य केन्द्रले अहिले सर्पदंशको उपचार समेत गर्न थालेको छ । सर्पदंशले टोकेपछि उपचारका लागि बाहिर जानुपर्ने अवस्थाको अन्त्य भएको छ ।
स्वास्थ्य केन्द्रमा रहेको पुरानो शव परीक्षण कक्ष भने लामो समयदेखि बन्द रहेको छ । अहिले कुनै मान्छेको मृत्यु भएको अवस्थामा शव परीक्षणका लागि टीकापुर वा धनगढी पुर्याउनुपर्ने बाध्यताको भने अझै अन्त्य भएको छैन । केही वर्ष पहिले टीकापुरबाट पनि शव परीक्षणका लागि भजनी जानुपर्ने बाध्यता थियो ।
अहिले त्यो उल्टिएको छ । स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि केही समयका लागि सुरु गरिएको शव परीक्षणका काम स्वास्थ्यकर्मीकै अभावमा बन्द भएको मेडिकल अधिकृत स्वारले बताए ।
“सबैभन्दा विवादित हुने कुरा नै शव परीक्षणका रिपोर्ट हो । त्यसको लागि छुट्टै तालिम लिनुपर्छ । त्यो तालिम स्वास्थ्य केन्द्रमा कार्यरत कसैले पनि लिएका छैनौं”, स्वारले भने, “हचुवाको भरमा गरेको शव परीक्षणका रिपोर्टले धेरै समस्या पार्न सक्छ । त्यसमा पनि राजनीतिक आडमा हुने घटनामा झनै जोखिम हुने गरेको छ ।”
उनले केही दिनमा दुईजना थप मेडिकल अधिकृत भजनी प्राथमिक स्वस्थ्य केन्द्रमा आउने बताउँदै एकजनालाई शव परीक्षणको तालिमका लागि काठमाडौं पठाउने र शव परीक्षण घरलाई व्यवस्थित गरेर सञ्चालनमा ल्याउने बताए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतारजालीको छेकबारले मानव–वन्यजन्तुबीचको द्वन्द्वमा कमी
मंसिर ९, २०८१ आइतबार
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्वाचित
मंसिर ५, २०८१ बुधबार
सुरक्षाका अधिकारीलाई गृहमन्त्रीले भने, जति गरिराख्नु भएको छ त्यतिले पुगेन
मंसिर ४, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
‘उपनिर्वाचन हुने स्थानीय तहमा सहज वातावरण बनाइने’
मंसिर ९, २०८१ आइतबार
बाजुरामा रूखले च्यापिएर एक जनाको मृत्यु, २ जना गम्भीर घाइते
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो
मंसिर ९, २०८१ आइतबार
दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अदालतले दियो अनुमति
मंसिर ९, २०८१ आइतबार