देउवाजी ! तपाईंले प्रतिस्पर्धामा जित्नुभयो अब त्याग गर्नुस् !!
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ मंगलबार १७:२४:५३
♦ मधु लम्साल
उमेरले डाँडो काटेका, जीर्ण र अशक्त भइसकेका प्रधानमन्त्री शेरबहादुर देउवालाई यो अवस्थामा पनि किन ‘वरपर रमाउन खोज्नेहरु’ ले त्यत्रो जिम्मेवारीको भारी बोकाउन खोजेका होलान् रु
वास्तवमा उनै शेरबहादुरका क्रियाकलापले जनताले नेपाली कांग्रेसलाई ‘पाँच वर्ष प्रतिपक्षमा बस, अनि कम्युनिष्टले चलाएको शासन हेर’ भनेर बहुमत दिएका थिए ।
तर, ‘कुकुरलाई घ्यू नपचेजस्तो’ कम्युनिष्टको दुई तिहाई सरकार तीन वर्ष टिक्न सकेन, आफ्नै पार्टीगत झैझगडा, अभिमान, मनलागी क्रियाकलापले गर्दा । फेरि घरझगडा गरेर निस्केकाहरुसँग गठबन्धन गरेरै भए पनि कांग्रेसले सत्ताको नेतृत्व गर्नैपर्ने अवस्था आयो । त्यतिसम्म ठीक ।
तर, अहिलेको चुनौतीपूर्ण अवस्थामा पार्टीलाई अब्बल र सफल तुल्याउन पनि जीर्ण र अशक्त भइसकेका नेता उसै पनि सरकारको नेतृत्वमा रहिरहेका व्यक्तिलाई नै भारी बोकाउनु कति न्यायसंगत हो ?
कुनैबेला बीपी बाबुले राजा महेन्द्रसँग असहमति बढ्दै जाँदा भन्नुभएको थियो रे, महाराज म हारे त जनतासँग जाउँला तर तपाईं हारे कहाँ जानुहुन्छ ? हो त्यस्तै, शेखर हारे त लौ ठीकै होला, तपाईं हार्नुभयो भने तपाईंको हैसियत के हुन्छ नि ?
हो, केही कार्यकर्ताको भावना नेतृत्व परिवर्तन, त्यसमा पनि सर्वसम्मत भन्ने थियो । त्यो हुन सकेन । सभापतिको प्रथम चरणको निर्वाचन सकिएको छ । यो निर्वाचनमा मतका हिसाबले प्रधानमन्त्रीसमेत रहेका देउवा नै प्रतिस्पर्धामा अगाडि देखिनुभएको छ । उहाँले निर्वाचन हारेको मान्न कदापि मिल्दैन । तर, दोस्रो चरणको निर्वाचनमा किन प्रतिस्पर्धा गर्नुपर्यो ? पार्टीभित्र आफ्नो हैसियत थाहा भइसकेपछि अब उहाँले नेतृत्वबाट सम्मानजनक बिदा लिँदा पार्टीमा एकताको सन्देश प्रवाह हुनेछ । कार्यकर्तामा उत्साह थपिनेछ । सबैको मनोबल बढ्नेछ ।
गणेशमानले प्रधानमन्त्री पद साथीलाई सुम्पेर त्यागी देखिनुभयो । रामचन्द्र पौडेल न पार्टीको नेतृत्वमा पुग्नुभो, न सरकारको नेतृत्व गर्ने मौका पाउनुभो । १४ औं महाधिवेशनमा आफूपक्षीय नेताले समेत आफूलाई नेतृत्वमा प्रतिस्पर्धा गर्नबाट रोक्न खोजेको गुनासोसहित पार्टीमा यतिका वर्ष गरेको योगदान आँखाबाट आँसु खसाल्दै सक्रिय राजनीतिबाट अवकाश लिने घोषणा गर्न बाध्य हुनुभयो । तर, देउवाजी तपाईं त प्रधानमन्त्री हुँदै हुनुहुन्छ । अझै पनि बुद्धिमत्तापूर्ण सोचका साथ दोस्रो चरणको प्रतिस्पर्धाबाट अलग भएको घोषणा गर्नुस्, तपाईं जीवनको अन्तिम कालखण्डमा गिरिजाप्रसाद जस्तै नायक बन्नुहुनेछ ।
गिरिजाप्रसाद कोइरालाले पनि आफू पार्टी सभापति र प्रधानमन्त्री भएका बखत कौनसा राम्रा र असल काम गर्नुभएको थियो र ? लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेकै कारण उहाँको राजनीतिक उचाइ बढेको हो । कांग्रेस भनेको आफ्नै घर हो । दूध पिए पनि पेटमै जाने हो, भातसँग खाए पनि पेटमै जाने हो । प्रतिस्पर्धामा तपाईंले जिते पनि कांग्रेसको सभापति तपाईं बन्ने हो, शेखर कोइरालाले जिते पनि शेखरले नेतृत्व लिने हो । बाहिरी कुनै पार्टीका नेतालाई कांग्रेस पार्टीको नेतृत्व सुम्पन खोजिएको त होइन नि ।
कुनै बेला बीपी बाबुले राजा महेन्द्रसँग असहमति बढ्दै जाँदा भन्नुभएको थियो रे, महाराज म हारे त जनतासँग जाउँला तर तपाईं हारे कहाँ जानुहुन्छ ? हो त्यस्तै, शेखर हारे त लौ ठीकै होला, तपाईं हार्नुभयो भने तपाईंको हैसियत के हुन्छ नि ?
हुनत, देउवालाई भन्दा पनि देउवाका ‘वरपर रमाउने झुण्ड’ लाई उहाँ सभापति भएकै देख्नुपरेको छ । यसरी उसरी जसरी पनि । नत्र आफ्नै शक्ति पलायन हुने उनीहरुको ठहर छ । उनीहरुकै उस्काहटमा त देउवा यो अवस्थामा पनि घिसारिएर हुन्छ कि कसैको बुई चढेरै हुन्छ पार्टीको नेतृत्व छाड्न नचाहेको ।
केही दिनअघि एकजना ‘डन’ लाई सामान्य सुझाव दिन खोज्दा झन्डै अस्पतालको शैय्यामा पुग्नु परेन । उसैको हितका लागि बोलेको भन्ठानेको त सिकाउन खोजेको भन्ने लागेछ कि क्या हो गिलासले झटारै हान्न थालेपछि भाग्नुको विकल्पै भएन । हो, त्यस्तै देउवालाई पनि सुझाव दिउँm कि भनेर एकछिन जाँगर चलाएरै भए पनि यति लेख्नुको पनि खासै उपलब्धि होला जस्तो त लाग्दैन । किनकि सल्लाह सुझाव भनेको माग्नेलाई दिने हो नत्र आफैँले झटारो खानुको विकल्प छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा स्की खेलको सम्भावना
मंसिर ११, २०८१ मंगलबार
भान्सामा नै छ बालबालिकाको पौष्टिक भोजन
मंसिर ११, २०८१ मंगलबार
जनतासँग जोडिएका आर्थिक क्षेत्रलाई किन बेवास्ता गर्छन् शासक, प्रशासकहरू ?
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार