कलङ्कीबाट नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ मंगलबार १९:१७:४१
२८ मंसिर, काठमाडौं । नेपाल प्रहरीले सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैदेशिक रोजगारको क्रममा दुबइमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाइदिने सालीमलाई काठमाडौँको कलङ्कीबाट पक्राउ गरिएको जानकारी दिए ।
“पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुके पठाइ दिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
पुष २६, २०८१ शुक्रबार
पाँच महिनामा देशभरबाट पाँच हजार आठ सय बढी फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
लस एन्जलसको भयानक डढेँलोबाट बालाबाल बचिन् बलिउड अभिनेत्री नोरा फतेही
पुष २६, २०८१ शुक्रबार
हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
२५ दिनमा ८ सय २२ फरार प्रतिवादी पक्राउ
पुष २६, २०८१ शुक्रबार
५ महिनामा एक सय २४ खर्ब तरलता प्रशोचन, बैंकहरूको कर्जा विस्तारमा देखिएन सुधार
पुष २६, २०८१ शुक्रबार
नवलपरासीको विनयी खोलाको पुल भासिँदा पूर्वपश्चिम राजमार्ग अवरूद्ध
पुष २६, २०८१ शुक्रबार