बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ मंगलबार २१:३८:४९
२८ मंसिर, सर्लाही । पूर्व पश्चिम लोकमार्गस्थित लालबन्दी नगरपालिका–१ बागवानी पुलनजिकै बसले ठक्कर दिँदा घाइते भएका मोटरसाइकल चालक रामेछाप जिल्ला साविक सोलु गाविस-५ का ३५ वर्षीय राजेश घिमिरेको मृत्यु भएको हो ।
पूर्वबाट पश्चिम जादै गरेको ना५ख १४ ९९ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको घिमिरे सवार लु७७प ९२०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट टाउकोमा चोट लागेका घिमिरेलाई तत्काल उपचारको लागि लालबन्दी पुर्याईएको इलाका प्रहरी कार्यालयका प्रमुख निर्मल थापाले जानकारी दिए । लालबन्दीस्थित मोडल अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगंजको मेडिकल कलेज पुर्याईएको घिमिरेको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं प्रवक्ता माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
घटना लगत्तै ठक्कर दिने बस, चालक र मोटरसाइकल समेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभाटभटेनीको कर प्रणालीमा अनाधिकृत पहुँच पुर्याउने दुई पक्राउ
माघ १२, २०८१ शनिबार
सप्तरीमा क्याम्पस हिँडेकी १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
माघ १०, २०८१ बिहिबार
‘मास्टर साहेब सिकाइदेऊ पिरती’ भिडियो भाइरल, यस्तो रहेछ वास्तविकता !
नेपालबहस संवाददाता
माघ १०, २०८१ बिहिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
अक्षय कुमारले बेचे मुम्बइको करोडौंको घर
माघ १२, २०८१ शनिबार
काठमाडौंमा दक्षिण एसियाली कला प्रदर्शनी सुरु
माघ १२, २०८१ शनिबार
नयाँ पुस्तालाई नजोड्ने राजनीतिक दलको भविष्य लामो हुन सक्दैनः महासचिव पोखरेल
माघ १२, २०८१ शनिबार
ट्रम्पको कडा अडानले विश्वभर कर युद्ध सुरु, भारतसँग विकल्पहरू के छन् ?
माघ १२, २०८१ शनिबार
आगामी माघ १६ र १७ गते कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
माघ १२, २०८१ शनिबार