रिग्मो गाउँमा गर्भवतीको स्वास्थ्य परीक्षण, महिलाहरू खुशी
नेपालबहस संवाददाता
मंसिर २८, २०७८ बुधबार १:२:३४
♦ हेमन्त केसी
२८ मंसिर, डोल्पा । उपल्लो डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाको रिग्मो गाउँमा गर्भवतीको नि:शुल्क भिडियो एक्सरेलगायत स्वास्थ्य परीक्षण गरिएको छ । फोक्सुण्डो तालको छेउमै रहेको रिग्मो गाउँका महिलाले पहिलो पटक घर छेउमै स्वास्थ्य परीक्षण गराएका हुन् ।
डोल्पाको टासीडी नाकट संस्थाको सहकार्यमा काठमाडौंको, बोदिसतो विहार र कान्छीमाया तामाङ फाउण्डेशनको सहयोगमा नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।
गर्भवती हुँदा स्वास्थ्य परीक्षण गराउन नपाउने उपल्लो डोल्पामा महिलाले पहिलो पटक घर नजिकै गर्भवती जाँचदेखि अन्य स्वास्थ्य परीक्षणको सुविधा लिएका हुन् । उक्त सुविधा पाएपछि महिलाहरू निकै खुशी भएको कान्छीमाया तामाङ फाउण्डेशनका अध्यक्ष दिलबहादुर तामाङले बताए ।
पहिलो पटक उपचार पाउँदा खुसीको सीमा नै नरहेको स्थानीय गर्भवती महिला साङमु रोकायाले बताइन् । उनले भनिन्, ‘गर्भवती हुँदा भिडियो ऐक्सरेको लागि दुई दिन हिँडेर सदरमुकाम दुनै जानुपर्ने बाध्यता थियो । टाढा हुने भएकाले जान्थेनौं । तर, गाउँमै नि:शुल्क सेवा लिन पाउँदा निकै लाभान्वित भएका छौं,’ उनले भनिन् ।
तामाङका अनुसार ४० जना गर्भवती महिलाको भिडियो ऐक्सरे, गर्नुका साथै ग्यास्ट्रिक, पाठेघर खसेका, घुडादुख्ने जस्ता रोगका थप १५० जनाको उपचार गरिएको छ । बोदिसतो विहार,कान्छीमाया तामाङ फाउण्डेशनले करिब ३ लाख रकमको भिडियो एक्सरे मेसिन रिग्मो स्वास्थ्य चौकीलाई हस्तान्तरणसमेत गरेको छ ।
टासी डी संस्थाको रोहवरमा एक जना पारा मेडिक्सलाई तालिम दिएर मेसिन हस्तान्तरण गरेको र अब फोक्सुण्डोका गर्भवती महिलाहरूले दुनै आउनुपर्ने बाध्यताबाट छुटकारा पाएकोसमेत तामाङको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘संविधानको अक्षरश : पालनाबाट नागरिक अधिकार सुनिश्चित’
असोज ३, २०८१ बिहिबार
बाटो पहिरो आएर भत्किँदा दुई दिनदेखि विद्यालय बन्द
भदौ २९, २०८१ शनिबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार