एक वर्षमा ११ किमी सडक कालोपत्रे
सरला बैजु
मंसिर २९, २०७८ बुधबार १७:५०:१५
२९ मंसिर, दमौली । आर्थिक वर्ष ०७७/७८ मा व्यास नगरपालिकाले ११ किलोमिटर सडक कालोपत्रे गरेको छ । पूर्वाधार निर्माणलाई जोड दिएको नगरपालिकाले एकवर्षका अवधिमा विभिन्न ठाउँका सडक कालोपत्रे गरेको शहरी पूर्वाधार तथा प्राविधिक शाखाका प्रमुख वरिष्ठ इञ्जिनीयर डा. राजु पौडेलले जानकारी दिएका छन् । उनका अनुसार सोही अवधिमा ५।१५ किमी सडक ग्राभेल भएको छ भने ७।०५ किमी सडकको नयाँ ट्रयाक खोलिएको छ भने ७४।८५ किमी सडकको स्तरोन्नति तथा मर्मत सुधार गरिएको छ ।
नगरपालिकाले ५५५ नयाँ धारा निर्माण, १२२ खानेपानी योजना मर्मत सुधार र २५ हजार एक सय ढल निर्माण तथा सुधार गरेको जनाएको छ । उनले व्यास–११ तनहुँसुर जाड्ने खड्गकाली मार्गमा हालसम्म एक हजार पाँच सय मिटर सडक कालोपत्रे गरिएको र पाँच हजार ७७५ मिटर नाला निर्माण सम्पन्न भएको बताए । खड्गकाली मार्ग कालोपत्रेका लागि व्यास नगरपालिकाको पाँच करोड र संघीय सरकारको पाँच करोड लगानीे छ ।
“खड्गकाली मार्गको संघीय सरकारको समपुरक अनुदानमार्फत स्वीकृत भई गत आर्थिक वर्षमा नै टेण्डर स्वीकृत भई सम्झौता पश्चात् काम भइरहेको छ,” शाखा प्रमुख डा. पौडेलले भने, “बाटो चौडाका लागि कटिङको काम, ग्यावियन लगाउने काम, प्लम कङ्क्रिटको नाला बनाउने काम सकिएको छ । हालसम्म कूल कामको करिब ८० प्रतिशत काम भइसकेको छ ।”
यसैगरी दमौली केशवटार मार्ग (केशवटार बजार) मा ६ सय ६७ मी सडक कालोपत्रे भएको छ भने ६ सय ५० मी नाला निर्माण भएको छ । दमौली केशवटार मार्ग (पोखरीभञ्ज्याङ बजार) मा आठ सय मी सडक कालोपत्रे भएको छ भने ६ सय ९१ मी नाला निर्माण भएको छ । क्यामिन मार्गमा ८६५ मी सडक कालोपत्रे भएको छ भने ४२५ मी नाला निर्माण भएको छ ।
कलेस्ती मार्गमा एक हजार १८० मी सडक कालोपत्रे भएको छ भने एक हजार १६० मी नाला निर्माण भएको छ । वडा कार्यालय पहुँच मार्ग व्यास–१० मा ७९० मी सडक कालोपत्रे भएको छ भने ४८२ मी नाला निर्माण भएको छ । छिर्कन वडा कार्यालय मार्गमा ४०५ मिटर सडक कालोपत्रे भएको छ भने ४१६ मिटर नाला निर्माण सम्पन्न भएको छ ।
कमलबारी वडा कार्यालय मार्गमा ५५२ मी सडक कालोपत्रे भएको छ भने ५४४ मी नाला निर्माण सम्पन्न भएको छ । माहेन्द्री मार्ग (शिशाघाट) मा तीन सय मी सडक कालोपत्रे भएको छ भने २९७ मी नाला निर्माण भएको छ । तालघरे दुम्सीचौर मार्गमा ३८८ मी सडक कालोपत्रे भएको छ भने २४६ मी नाला निर्माण भएको छ ।
नगरपालिकाले सोही अवधिमा तीन भ्युटावर निर्माण, दुई जातीय सांस्कृतिक संग्राहालय, ६ होमस्टे, चार पर्यटक पदमार्ग निर्माण तथा सुधार गरेको शाखा प्रमुख डा पौडेलले जानकारी दिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
सहकारी ठगी प्रकरण: ६० लाख धरौटी बुझाएर रिहा भए रवि लामिछाने
माघ २, २०८१ बुधबार
पाटन दरबार क्षेत्रका दुई ऐतिहासिक सम्पदा पुनःनिर्माण हुन बाँकी
माघ २, २०८१ बुधबार
सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक
माघ २, २०८१ बुधबार
अध्यादेशबारे बालेनको टिप्पणीः बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई !
माघ २, २०८१ बुधबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार