अध्यादेशको विरोध र राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध
सरला बैजु
मंसिर २९, २०७८ बुधबार २२:१९:४०
२९ मंसिर, धनुषा । दुई वटा विश्वविद्यालय सम्बन्धी अध्यादेश पेस भएसँगै प्रदेश २ को प्रदेशसभा बैठकमा अवरुद्ध भएको छ ।
बैठकमा दुईवटा अध्यादेश पेस भएसँगै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैठक अवरुद्ध गरेको हो । बैठक अवरुद्ध भएपछि सभामुख सरोज यादवले पुस ८ बिहीबार दिनको १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाए ।
बुधबार बसेको बैठकमा सामाजिक विकासमन्त्री नवल किशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८ प्रदेशसभामा पेस गरेका थिए ।अध्यादेश पेस गरेसँगै प्रमुख प्रतिपक्षी दल लोसपा नेपालले बैठक अवरुद्ध गरेको हो । त्यसपछि सभामुख सरोजकुमार यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
त्यसका बाबजुद बैठक सूचारु हुन नसकेपछि उनले पुस ८ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए । प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामाकरण तथा राजधानी तोक्ने सम्बन्धी प्रस्ताव रहे पनि सो कार्यसूचीमा बैठक प्रवेश नै गर्न सकेन ।
मुख्यमन्त्री राउतको राजिनामा माग
प्रदेश नं २ को प्रदेशसभा बैठकमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सदस्यले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरेका छन् । ‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमअन्तर्गत भएको साइकल खरिदमा अनियमितता देखिएकाले मुख्यमन्त्री राउतलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न लोसपाका संसदीय दलका नेता जितेन्द्र सोनलले माग गरे ।
“अख्तियार दूरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेर कागजात लिएपछि मुख्यमन्त्रीले प्रदेशसभाकै बैठकमा अलिकति दोषी देखिए मार्ग प्रशस्त गर्छु भन्नुभएको थियो”, सोनलले प्रश्न गरे, “अख्तियार प्रमुखले त साइकल खरिदको कागजात हेर्दा पहिलो चरणमा भ्रष्टाचार भएको भनिसकेको छ, यसबारे के भन्नुहुन्छ भनेर प्रश्न गरेका थिए ?”
अध्यादेशको पनि विरोध
सोनलले प्रदेश सरकारले कृषि विश्वविद्यालय र विज्ञान प्रविधि विश्वविद्यालय स्थापनाका लागि ल्याएको अध्यादेशको पनि विरोध जनाए । उनले भने, “न त कुनै इर्मेजेन्सीको अवस्था छ, नत कुनै दैवीप्रकोपको अवस्था छ, यसमा घोर असहमति व्यक्त गर्दछु, यो लोकतान्त्रिक, गणतान्त्रिक व्यवस्थाको अवमूल्यन हो ।”
सार्वजनिक लेखा समितिदेखि विभिन्न समितिका पद रिक्त रहेकाले तत्काल पदमा पदपूर्ति गरि सञ्चालन गर्न माग गरे ।
बैठकमा उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतो, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी, प्रदेश सांसद जगतप्रसाद यादव लगायतकाले बोलेका थिए ।
सरला बैजु
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको छैटौँ वार्षिक प्रतिवेदन पेस
मंसिर १०, २०८१ सोमबार
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार