सशस्त्रमा एआईजीको दरबन्दी थप गर्ने प्रयास !
नेपालबहस संवाददाता
पुस २, २०७८ शुक्रबार १३:४:५०
१ पुस, काठमाडौं । सशस्त्र प्रहरीमा दुई डीआईजीका लागि एआईजीको दरबन्दी बढाउने प्रयास शुरु भएको छ । कांग्रेस महाधिवेशन सकिएलगत्तै गृहमन्त्री बालकृष्ण खाँडसँग एआईजीको दरबन्दी थप गर्ने विषयमा छलफल गरी प्रस्ताव लैजान बाध्य पार्ने तयारी भएको हो ।
नेपाल प्रहरीमा एआईजीको दुई दरबन्दी थपिएको नजिर देखाउँदै सशस्त्र प्रहरीमा पनि एआईजी थप्ने चलखेल भएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ । माघ २७ मा डीआईजीको पाँच वर्षे पदावधि सकिनुअघि दुई डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्ग राईले सो प्रयास गरेका हुन् । विगतमा पनि सशस्त्र प्रहरीमा दरबन्दी बढाएर केही डीआईजीहरुलाई एआईजी बनाएको नजिर पेश गर्दै उनीहरुले कांग्रेसभित्रको शक्तिकेन्द्र प्रयोग गरी एआईजीको दरबन्दी थप गराउने प्रयासमा लागेको स्रोतले जनाएको छ ।
सशस्त्र प्रहरीमा एकेडेमीमा एआईजी थप्नका लागि लबिइङ भइरहेको छ । तर, संगठनको तर्फबाट भन्दा व्यक्तिगत रुपमा यस्तो दौडधुप भइरहेको छ । हाल सशस्त्रको व्यवस्थापन तथा संगठन सर्वेक्षण भइरहेको छ, त्यही क्रममा केही दरबन्दी थप-घट गर्न लागिएको स्रोतले जनाएको छ । ‘सर्वेक्षण भइरहेको छ तर अहिले नै दरबन्दी थप गर्न होइन फागुनपछि मात्रै यो प्रकृया शुरु हुन्छ’, सशस्त्रका एक अधिकारीले भने । तर डीआईजी श्रेष्ठ र राई भने कांग्रेस नेताहरुको फेर समातेर गृहमन्त्री खाँडसँग दरबन्दी थप गर्नका लागि सबै प्रयत्न गर्न थालेका छन् । डीआईजीको पाँच वर्षे पदावधिका कारण माघ २७ गते उनीहरूले अवकाश पाउँदैछन् । अहिले एआईजी भएमा वैशाखमा आईजीपीको समेत दाबेदार हुने भएकाले उनीहरू दौडधुपमा लागेका हुन् । यसअघि आईजीपीका दाबेदार मानिएका प्रवीण श्रेष्ठले डीआईजीकै नियमित पदावधि नथपिदा अवकाश पाएका थिए ।
आगामी चैतमा महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउनेछन् । त्यसपछि एआईजी पुष्पराम केसीले दुई हप्ता संगठनको नेतृत्व गर्नेछन् । केसीपछि डीआईजीबाट सीधै आईजीपी हुने सम्भावना सशस्त्रमा देखिएको छ । त्यसपछि दाबेदारहरू अहिलेसम्म डीआईजी नै छन् । राजु अर्याल, नारायणदत्त पौडेल,चन्द्रप्रकाश गौतम महानिरीक्षकको प्रतिस्पर्धामा छन् । पौष महिनाभित्रै उनीहरुले दरबन्दी थप गर्ने प्रयासमा लागेका कारण अहिलेका डीआईजी त्रय तत्काल एआईजी थप गर्ने पक्षमा छैनन । आईजीपी खनाल भने सरकारले निर्णय गर्ने तहमा पुगेमा रोक्ने पक्षमा छैनन् ।
‘सरकारले नै दबाब दिए मात्रै तर आफै प्रस्ताव लिएर जाने पक्षमा छैनन्’, स्रोतले भन्यो । सशस्त्र प्रहरीमा आईजीपी खनालपछि पुष्पराम केसी केही दिन आईजीपी भएर बिदा भएपछि अर्याल र पौडेलमध्ये एक आईजीपी हुनेछन् । नेपाली सेनाबाट आएका गौतम भने यो दौडमा निकै पछि रहेको स्रोतको दाबी छ । अन्र्तर्मुखी स्वाभावका गौतमले एमालेकै सरकार भएको भए अलि लबिङ गर्न सक्ने अवस्था देखिए पनि कांग्रेस सरकार आएपछि भने गौतमका लागि नयाँ बाटो खोज्नुपर्ने भएकाले आईजीपी हुन कठिन रहेको बताइन्छ । सुर्खेतका डीआईजी पौडेल भने अहिलेको शक्तिकेन्द्रसँग निकै नजिक रहेका र उनले अर्याललाई चुनौती दिनसक्ने भएकाले यसपटक पौडेलको संभावना बढेको पनि स्रोतको दाबी छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार