चिसोबाट जोगाउन मन्त्री आलेद्वारा न्यानो लुगा वितरण
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार १८:२२:२१
६ पुस, डोटी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जिल्लाको जोरायल गाउँपालिका–१, २, ३ र ४ का एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेको छ । चिसोबाट जोगाउनका लागि उक्त गाउँपालिकामा रहेका ७५६ जनालाई लुगा वितरण गरिएको उनका स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिए ।
मन्त्री आलेले आफ्नै लगानीमा चिसोका समयमा लुगा बितरण गरेपछि यहाँका नागरिकहरु खुशी भएको वडा नं –२ का वडाअध्यक्ष मानबहादुर मल्लले बताए । उनले भने, “चिसो समय छ, यहाँका एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई मन्त्री आलेले न्यानो लुगा वितरण गरेपछि निकै राहत भएको छ, हामी खुशी भएका छौँ ।” जिल्लाका अन्य स्थानीयका त्यस्ता व्यक्तिलाई पनि न्यानो लुगा वितरण गरिने कार्यक्रम रहेको मन्त्री आलेको सचिवालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार