अनाथ बालबालिकाका साथ ‘चुरीफुरी’
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार २१:२:४९
६ पुस, काठमाडौं । आउँदो शुक्रबार अर्थात ९ पुसबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘चुरीफुरी’ ले अनाथ बालबालिकालाई खाद्यान्न तथा लत्ताकपडा बितरण गरेको छ ।
निर्देशक ऋषिराज आचार्यले आफूहरु सोमबार म्हेपीमास्थित पिएम नेपाल नामक अनाथालय पुगी त्यहाँ आश्रीत बालबालिकालाई खाना खुवाउनुका साथै जाडोका लागि आबश्यक न्याना लत्ताकपडाका साथै एक महिनालाई पुग्ने खाद्यान्न सहयोग गरेको जानकारी दिएका छन् ।
जिम्मेवार नागरिकको सामाजीक दायित्व अन्तर्गत आफूले दिल गोदारको साथमा ‘चुरीफुरी’ को तर्फबाट अनाथ बालबालिकालाई सहयोग गरेको उनले बताए । सहयोग बितरण कार्यक्रममा निर्देशक आचार्यसहित ‘चुरीफुरी’ का कलाकार उपस्थिति थिए । शुक्रबारदेखि एकल प्रदर्शनमा उत्रने तयारीमा रहेको फिल्मले अहिले प्रचारप्रशारलाई तीव्रता दिएको छ । फिल्मको गीत तथा ट्रेलर दर्शकले मन पराइरहेकाले फिल्म पनि दर्शकको रोजाइमा पर्ने बिश्वास निर्माण पक्षको छ ।
आरबि मुभीजको ब्यानरमा निर्मित फिल्ममा अभिषेक श्रेष्ठ, रबिन्द्र झा,सुबोध गौतम, दीपक आचार्य,पूजा पन्त, सोना बज्राचार्य, रिन्जिन गुरुङ,सुरवीर पण्डित, तुलसीप्रसाद श्रेष्ठ,राजेन्द्र खाती,राजीवजंग बस्नेत,मनिल तामाङ,रश्मी भट्ट,ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् ।
राहुल राईले खिचेको फिल्ममा दीपक शर्माको संगीत र भीमफेदी गाइजको कोरियोग्राफी छ । नविन निरौलाले सम्पादन गरेको फिल्मको सहनिर्मातामा बिमला भुसाल,राजेन्द्र खाती,शिब थापा र खेमराज भण्डारी छन् भने निर्मातामा निर्देशक आचार्य स्वयम् र रिना ढकाल (भण्डारी) छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार