सूर्या लाइफ इन्स्योरेन्सले कहिले गर्दैछ बुक क्लोज ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
पुस ६, २०७८ मंगलबार २२:५३:१८
![](https://nepalbahas.prixacdn.net/media/albums/surya-logo_PmUcomuuzQ.jpg)
६ पुस, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७६/७७ को वार्षिक साधारण सभा पुस १९ गते बस्दैछ । सभामा कम्पनीले सो आर्थिक वर्षको मुनाफाबाट १२.७ प्रतिशत बोनस शेयर र कर तिर्न ०.६७ प्रतिशत नगद गरी कुल १३.३७ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ ।
बोनस शेयर जारी गरेपछि शेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ । यस्तै, संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ ।
कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६० प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४० प्रतिशत रहेको शेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१ प्रतिशत र सर्वसाधारण हिस्सा ४९ प्रतिशत बनाउन लागेको हो ।
सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बस्नेछ । सभामा भर्चुअल माध्यमबाट पनि सहभागी बन्न सकिनेछ । सभा प्रयोजनका लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज हुनेछ । पुस ८ गतेसम्म कायम रहने शेयरधनीले लाभांश पाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किलोमिटर कालोपत्र
पुष २५, २०८१ बिहिबार