सशस्त्रको यान्त्रिक कार्यशालाका प्रमुख एसपी हुमागाइमाथि छानविन शुरु
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १९:५४:२०
८ पुस, काठमाडौं । महिनौंसम्म कर्मचारीलाई आउट छाडेको भन्दै सशस्त्र प्रहरी बल हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर), बलम्बुका एसपी नानीराम हुमागाईं छानविनमा परेका छन् । सो कार्यशालामा रहेका जनशक्तिलाई बिदामा छाडेको र उनीहरुले खाइपाई आएको राशनभत्तामा एसपीले आँखा लगाएको मात्र होइन, असुल गरेको आरोप लागेपछि उनीमाथि छानविन गरिएको सशस्त्र प्रहरी मूख्यालय स्रोतले जनाएको छ ।
उनीमाथि सिपाहीलाई मनलाग्दी बिदा बस्न लगाएर तोकिएको जिम्मेवारी पूरा नगरी तलबभत्ता मात्र खुवाएको आरोप लागेको स्रोतको दावी छ । उनीमातहत ८० जना कार्यरत छन् । यसमध्ये एक चौथाईभन्दा कम कर्मचारीलाई मात्र कार्यालयमा राखी अरू सबैलाई बिदा छाड्ने गरेको उजुरी परेको थियो । सो उजुरीको विषयमा छानविन गर्न सशस्त्र प्रहरीका एसएसपी दीपेन्द्र शाहको कमाण्डमा टोली खटाइएको थियो ।
‘महिनौंसम्म आउट रहेपनि तलब–भत्ता भने खाइरहने उनीहरूले फोकटमा बरालिएर राज्यबाट तलबभत्ता बुझेबापत हाकिमलाई रासनबापतको रकम बुझाउने गरेका छन्’, स्रोतले भन्यो । स्रोतका अनुसार ८० जना कर्मचारीमध्ये २५ जनालाई नियमित काममा लगाई ५५ जनालाई बिदा छाडेर उनीहरूको रासनवापतको नगद हात पार्दा मासिक अतिरिक्त आम्दानी गर्दा मासिक २ लाख भन्दा बढी रकम लिने गरेका थिए ।
सशस्त्र प्रहरीमा जनशक्ति अभाव भैरहेको भन्दै महानीरिक्षक शैलेन्द्र खनालले गृहमन्त्रालय र अर्थमन्त्रालयमा प्रस्ताव गरिरहँदा सशस्त्रकै केही कमाण्डरहरुले तोकेको स्थानमा डिउटी नखटाउने र भएकैलाई घर बिदा छाड्ने गरेका गुनासा आएपछि मूख्यालयले त्यस्ता स्थानमा छड्के जाँच गर्न थालेको छ । अहिले सो यान्त्रिक कार्यशालामा शान्ति स्थापनार्थ द्वन्द्वग्रस्त मुलुकमा खटिँदा सशस्त्र प्रहरीले प्रयोग गर्ने ५४ वटा महँगा सवारी साधन पनि छन् । ती साधन दैनिक २ लिटर इन्धन राखी स्टार्ट गर्नुपर्छ । अरू ६ वटा ठूला सवारीसाधनलाई दिनहुँ ३ लिटर इन्धन राखी स्टार्ट गरेर तन्दुरुस्त राख्नुपर्ने हुन्छ । यस्तोमा पनि घोटाला हुने गरेको स्रोतको दावी छ ।
गाडी स्टार्ट गर्न दैनिक प्राप्त हुने १२६ लिटर इन्धन सदुपयोग भन्दा बढी दुरुपयोग हुने गरेको स्रोतले जनाएको छ । तीन दिनमा एकपटक गाडी स्टार्ट गर्दा मासिक २० दिनको इन्धन बचत हुन्छ । दैनिक १२६ लिटरका दरले २० दिनको २५२० लिटर इन्धन फोकटमा हात पर्छ । गत सोमबारको पेट्रोलको मूल्य प्रतिलिटर १४२ ले हिसाब गर्दा हिनामिना गरेबापत एक महिनामा ३ लाख ५७ हजारभन्दा बढी बचाउने गरेको यान्त्रिक कार्यशाला स्रोतले जनाएको छ ।
मुख्यालयले गाडीको मर्मतसम्भार शीर्षकमा वार्षिक ४२ लाख रुपैयाँ पठाउने गरेको छ । तर ०७४ सालदेखि खासै मर्मत गरिएको छैन । तैपनि, वार्षिक आउने रकम भने नक्कली बिल बनाएर खपत भैरहेको स्रोतको दावी छ । राशनमा कम गुणस्तरका सामग्री प्रयोग गर्ने, तोकिएको सूची अनुसारका नखुवाउने त कमाण्डर र मेसको जिम्मा लिएका सई देवेन्द्र श्रेष्ठको समेत संलग्नता रहेको बताइन्छ ।
देवेन्द्र कोषराज वन्तसँगै अख्तियारको निलम्बनमा परी अनेक प्रपञ्च मिलाएर आएका पात्र हुन् । देवेन्द्रले वार्षिक १२ लाख बुझाई मेसको जिम्मा लिएको समाचार स्रोतको भनाई छ । अहिले एसएसपी शाहले सो विषयमा पनि छानविन गरिरहेका छन् । ‘एसएसपी शाहले छानविन गरेको सत्य हो उहाँले प्रतिवेदन बुझाउन बाँकी रहेको छ’, स्रोतले भन्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
यस वर्षको एसइई परीक्षा आगामी चैत ७ गतेदेखि सञ्चालन हुने
माघ २, २०८१ बुधबार
क्यान्सरविरुद्धको एचपिभी सबै खोप नेपाल ल्याइयो
माघ २, २०८१ बुधबार
हरिवन नगरपालिकामा खानेपानी अभावमा काकाकुल छन् ९ सय बढी घर परिवार
माघ २, २०८१ बुधबार
स्वास्थ्य मन्त्रालयले ‘ह्युमन मेटाप्न्यूमो भाइरस’बारे अध्ययन गरिने
माघ २, २०८१ बुधबार
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो
माघ २, २०८१ बुधबार
सर्वाेच्चले रिट खारेज गरेसँगै अरुण चौधरीको सांसद पद जोगियो
माघ २, २०८१ बुधबार