आगामी फागुनमा ‘मिस नेवाः नेपाल’ हुने, विजेताले एक लाख पाउने
नेपालबहस संवाददाता
पुस ८, २०७८ बिहिबार १७:३१:५०
८ पुस, काठमाडौं । नेवार समुदायका युवतीका लागि आयोजना हुने ‘मिस नेवा स् नेपाल’ विजेताले एक लाख रुपैंयाँ पाउने भएका छन् ।
नेप्लिज फेसन होमले नेवारी कला, संस्कृति र संस्कारको प्रवर्द्धन तथा विकासका लागि आगामी फागुन अन्तिममा १६औँ संस्करण आयोजना गर्दैछ । प्रतियोगिताको उपविजेताद्वयले ५० र २५ हजार रुपैंयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।
होमकी अध्यक्ष हेमा मानन्धरले नेवार समुदायको कला, संस्कृति, भाषा र संस्कार नयाँ पुस्तालाई हस्तान्तरण गर्न डेढ दशकदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको बताइन् ।
अडिसन राउण्डबाट छानिएका नेवार युवतीहरुबीचको अन्तिम स्पर्धाबाट मिस नेवाः नेपाल, फस्ट रनर्सअप र सेकेण्ड रनर्सअपका साथमा मिस ट्यालेन्ट, वेस्ट नेपाल भाषा, सोसल वेलफेयर एम्बेस्डर चिफ, वेस्ट ड्रेस, मिस फोटोजेनिक, वेस्ट स्माइल, वेस्ट हेयर, मिस पब्लिक च्वाईस, मिस डिसिप्लेन, मिस फ्रेन्डसीप, मिस पर्सनालिटी, मिस चार्मिङ र वेस्ट स्किन गरी कुल १६ विधामा विजेता चयन गरिनेछ ।
प्रतियोगिताका सहभागीहरुलाई विभिन्न सैद्धान्तिक तथा व्यबहारिक ज्ञान प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । यसका लागि प्रतियोगिहरुलाई विभिन्न विषयका विज्ञबाट तालिम र प्रशिक्षण प्रदान गरिनेछ भने विभिन्न स्थल घुमाएर व्यबहारिक ज्ञान पनि दिइनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार