अछाम प्रदेश निर्वाचन क्षेत्रको रकमबाट ९६ योजना छानिए
नेपालबहस संवाददाता
पुस ९, २०७८ शुक्रबार २०:२७:३०
♦ कल्पना बोहरा
९ पुस, अछाम । प्रदेशसभा सदस्यहरूले विनियोजन गर्ने निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत अछाम निर्वाचन क्षेत्र नं.१ को ‘क’ र ‘ख’ का योजना छनौटसँगै बजेट विनियोजन भएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको तीन करोड रुपैयाँ विनियोजन गरेको हो । निर्वाचन क्षेत्र ‘क’ र ‘ख’अन्तर्गत पर्ने पाँच स्थानीय तहका ९६ योजनाको लागि बजेट विनियोजन भएको छ ।
निर्वाचन क्षेत्र ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकामा २९ योजना र चौरपाटी गाउँपालिकामा १६ योजना गरी ४५ वटा योजना छनोट भएका छन् ।
निर्वाचन क्षेत्र नं. १ को ‘ख’अन्र्तगत मेल्लेख गाउँपालिका २५ योजना, रामारोशन गाउँपालिकामा १७ योजना र बान्नीगढी जयगढ गाउँपालिकाका ९ गरी ५१ वटा योजना छनोट भएका छन् भने प्रशासनिक खर्चको लागि दुईवटै क्षेत्रमा तीन तीन लाख बजेट विनियोजित गरिएको छ ।
निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम ‘क’ अन्र्तगत साँफेबगर नगरपालिकाका शिद्धेश्वर, पातलकोट, मष्टमान्डौं, देवीस्थान, घुघुरकोट, खप्तड र चौरपाटी गाउँपालिकाको वडा नं.२ सोकट, दुनी र मार्कु बढी प्राथमिकतामा परेका छन् ।
निर्वाचन क्षेत्र ‘क’अन्तर्गत सबैभन्दा वढी साँफेबगर नगरपालिकामा एक करोड ९८ लाख र चौरपाटी गाउँपालिकामा ९९ लाख बजेट विनियोजित भएको छ ।
यस्तै प्रशासनिक खर्चको लागि तीन लाख बजेट विनियोजित गरिएको छ । वडामध्येमा सबैभन्दा वढी साँफेबगर नगरपालिकाको वडा नं. ३ शिद्धेश्वरमा ३५ लाख बजेटको व्यवस्थापन गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बझाङमा जीप दुर्घटना, चालकसहित ५ जनाको मृत्यु
पुष १९, २०८१ शुक्रबार
'ग्रीन टी' वा 'कफी' कुन सेवन गर्दा स्वास्थ्यका लागि बढी फाइदाजनक हुन्छ ?
पुष १९, २०८१ शुक्रबार
पहिलो पटक टावररहित मोबाइल सेवा, भारतबाट अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ उपग्रह
पुष १९, २०८१ शुक्रबार
गाउँभरि केराखेती, बजारको अभाव
पुष १९, २०८१ शुक्रबार
हप्तामा दुई सय जनाभन्दा बढी पर्यटक सगरमाथा क्षेत्रमा
पुष १९, २०८१ शुक्रबार
प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
पुष १९, २०८१ शुक्रबार