काठमाडौंको सुरक्षा व्यवस्था कडाः एसएसपी फिल्डमा,डीआईजी अनुगमनमा
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार १८:२९:९
११ पुस, काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरेपछि नेपाल प्रहरीको आकस्मिक बैठकले काठमाडौंको सुरक्षा व्यवस्थालाई कडा बनाउने निर्णय गरेको छ । महाधिवेशनमा सबै राजनीतिक दलका नेताहरु शुभकामनाका लागि आउने भएपछि सुरक्षा थ्रेट पनि बढेको भन्दै सुरक्षा व्यवस्थालाई कडा पार्ने निर्णय भएको हो ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा बसेको काठमाडाैं सुरक्षा समितिको बैठकले काठमाडाैं उपत्याकाकै सुरक्षा व्यवस्थामा चुनौति महशुस गरी व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गर्ने भएको हो । शुरुमा काठमाडौं परिसरका एसपी दिनेश मैनालीको संयोजकत्वमा सुरक्षाकर्मी परिचालन गर्ने भनिएपनि अहिले काठमाडौं परिसरका एसएसपी सुदीप गिरी आफै फिल्डमा खटिने भएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले पनि थप मद्दती सुरक्षाकर्मी पठाउने भएको छ ।
‘अहिलेलाई काठमाडाैंको सुरक्षा व्यवस्था चुस्तदुरुस्त राख्नु पहिलो दायित्व हो, सत्तामा रहेको दल र मुलुकको प्रमुख दल मध्येको एउटा दल माओवादी भएकाले त्यहाँको सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त राख्नु र सुरक्षाकर्मीहरुको परिचालन पनि त्यही ढंगले गर्नु अहिलेको आवश्यकता हो’, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एआईजी हरि पालले भने ।
उनका अनुसार डीआईजी उत्तम सुवेदीले नै सबै विषयको अनुगमन गर्नेछन् । आजको उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवा लगायत सबै राष्ट्रिय पार्टीका नेताहरु सहभागी हुने भएपछि सुरक्षाकर्मीहरुलाई हाइ अलर्टमा राखिएको छ । नेपाली कांग्रेसको महाधिवेशनमा एआईजी हरि पाल आफैले अनुगमन गरेका थिए । त्यस्तै एमालेको महाधिवेशनमा एआईजी सहकुल थापा खटिएका थिए । दुवै महाधिवेशनमा अप्रिय घटना नभईकन शान्तिपूर्ण ढंगले सम्पन्न गरिएको र सुरक्षा व्यवस्था चुस्त दुरुस्त राखिएको प्रहरीले जनाएको छ ।
माओवादीले पनि शुरुमा राष्ट्रिय सम्मेलन भनिएको र राजनीतिक दलका नेताहरुलाई निम्ता नगरिएको कारण एसपीको कमाण्डमा मात्रै सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको थियो । तर अहिले भने एसपीको दिनेश मैनालीको कमाण्ड भएपनि अनुगमन भने डीआईजी तहबाटै हुने बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
थाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
मंसिर १३, २०८१ बिहिबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते
मंसिर १३, २०८१ बिहिबार
रियल म्याड्रिडमाथि लिभरपुलको शानदार जित
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार