१९ जीवन बीमा कम्पनी कुनले कति आर्जन गरे बीमाशुल्क ?
नेपालबहस संवाददाता
पुस ११, २०७८ आइतबार २३:४३:११
११ पुस, काठमाडौं । १९ जीवन बीमा कम्पनीहरुले १५ अर्बबढि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । मंसिर मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ३४ करोड ५२ रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरेका हुन् ।
बीमा समितिको तथ्याङ अनुसार मंसिर महिनामा १९ जीवन बीमा कम्पनीहरुले ३ अर्ब १३ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेका छन् ।
नेपाल लाइफ इन्स्योरेन्सको वर्चस्व कायमै रहेको छ । कम्पनीले सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कम्पनीले पाँच महिनाको अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्स १ अर्ब ८३ करोड ६२ लाख, सिटिजन्स लाइफ इन्स्योरेन्सले १ अर्ब ५ करोड ३० लाख, युनियन लाइफ इन्स्योरेन्सले ९८ करोड ७५ लाख, एलआईसीले ९३ करोड ३८ लाख, रिलायबल नेपाल लाइफले ८४ करोड ८१ लाख, एशियन लाइफले ७६ करोड ६ लाख रुपैयाँ, सूर्या लाइफ ७३ करोड ५ लाख ९८ हजार, मेट लाइफले ६४ करोड १ लाख, ज्योति लाइफले ६० करोड ५८ लाख, प्राइम लाइफले ५६ करोड ४३ लाख र आईएमई लाइफले ५३ करोड २६ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यस्तै, रिलायन्स लाइफले ४९ करोड २३ लाख, प्रभु लाइफले ४९ करोड ११ लाख, राष्ट्रिय बीमा संस्थानले ४९ करोड ४ लाख र सानिमा लाइफले ४७ करोड ६ लाख रुपैयाँ, सन नेपाल लाइफले ३५ करोड ३८ लाख रुपैयाँ, महालक्ष्मी लाइफले २८ करोड ९७ लाख र गुराँस लाइफले २७ करोड ८७ लाख रुपैयाँ मात्र प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
पुष २५, २०८१ बिहिबार
बागमती खेलकुद परिषदमा थप ६ जना नियुक्त
पुष २५, २०८१ बिहिबार
जय ट्रफीः आर्मी र पुलिस बलियो अवस्थामा
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
'डार्क सर्कल'बाट पीडित हुनुहुन्छ ? उसो भए यो उपाय अपनाउनुहोस्
पुष २५, २०८१ बिहिबार
संसदका दुई समितिको बैठक बस्दै
पुष २५, २०८१ बिहिबार