जन मावि रापाकोटको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न
नेपालबहस संवाददाता
पुस १२, २०७८ सोमबार २०:५:१९
१२ पुस, स्याङ्जा । जन मावि रापाकोटको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा सम्पन्न भएको छ । अर्जुनचौपारी गाउँपालिका वडा न.४ साविक रापाकोट गाबिस ९ मा २०१६ पौष ६ गते स्थापना भएको बिद्यालयले ६२ औं वसन्त पार गरी ६३ औं बर्षमा प्रवेश गरेको हो ।
सो कार्यक्रमका प्रमुख अतिथि अर्जुनचौपारी गाउँपालिका अध्यक्ष दीर्घनारायण अर्याल र विशिष्ट अतिथि उपाध्यक्ष चिनमाया गुरुङले बिद्यालयको प्रगतिको कामना गर्दै गाउँपालिकाबाट गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न पालिका पछि नहट्ने बताएका छन् ।
कार्यक्रमका अर्का विशिष्ट अतिथि अर्जुनचौपारी गाउँपालिकाका शिक्षा प्रमुख ख्यामनारयण काफ्लेले शिक्षाको महत्त्वबारे व्याख्या गरेका थिए भने नेपाली कांग्रेस जिल्ला सदस्य तथा बिद्यालय व्यवस्थापन समितिका सदस्य सपना गुरुङले आफुले बीचमै पढाइ छोडेर १० बर्षपछि पढाइको महत्त्व र आवश्कताको महशुस गरी फेरि कक्षा १०, ११ र १२ पढेर पास गरेको स्मरण गर्दै अझै व्याचलर पढ्ने धोका रहेको भन्दै पढाइको महत्त्व बारे बिद्यार्थीहरुलाई ध्यानाकर्षण गराएकी थिइन ।
बिद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्दै विभिन्न समाजसेवी व्यक्तिहरुद्वारा अक्षयकोषको स्थापना पनि गरिएको छ । त्यस्तै प्रयुसा कम्युनिकेशन ग्यालरी रापाकोटको तर्फबाट दलित बिद्यार्थीहरु मध्ये सबैभन्दा धेरै नम्बर ल्याउने उत्कृष्ट दुईजना तथा उत्कृष्ट सरसफाईमा एक जनालाई पुरस्कारको घोषणा पनि सो अवसरमा गरिएको छ । कार्यक्रममा बिद्यालयका प्रअ तारापति पौडेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्रबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन शिक्षक आत्माराम चापागाईंले गरेका थिए भने विभिन्न कार्यक्रमका विशिष्ट व्यक्तिहरु वडाध्यक्ष जित कुमारी चापागाईं, पुर्व बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष बेलप्रसाद गुरुङ, डोलप्रसाद चापागाईं, नेपाली कांग्रेस अर्जुनचौपारीका सभापति बिष्णुप्रसाद काफ्ले ,अनेरास्ववियु जिल्ला सचिव नवीन पौडेल ,बिद्यार्थी समीक्षा शर्मा ,गणेशप्रसाद पौडेल, नेकपा एमाले अर्जुनचौपारीका सचिव टिकाराम खनालले बिद्यालयको प्रगतिको कामना गर्दै शैक्षिक क्षेत्रको प्रगतिको लागि सम्पूर्ण अभिभावक, बिद्यार्थी र शिक्षक एकजुट हुने प्रतिबद्धता जाहेर गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुढापाकालाई गाउँको अस्तित्व मेटिने डर !
मंसिर १२, २०८१ बुधबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
स्याङ्जामा चालु वर्ष सुन्तालमा २० करोडको क्षति
कात्तिक २७, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार