तपाईको आजको राशीफल कस्तो छ ?
ज्योतिषी: गणेश काफ्ले
पुस १४, २०७८ बुधबार ११:४३:१
वि.सं.२०७८ साल पौष १४ गते । बुधबार । ईश्वी सन् २०२१ डिसेम्बर २९ तारिख । नेपाल संवत् ११४२ । राक्षस संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४२ । पौष कृष्णपक्ष । तिथि–दशमी, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त एकादशी । नक्षत्र–स्वाती, बेलुकी ११ बजेर ०८ मिनेट उप्रान्त विशाखा । योग–सुकर्मा, बेलुकी १० बजेर २९ मिनेट उपान्त धृति । करण–भद्रा, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त बव, बेलुकी १० बजेर ३९ मिनेट उप्रान्त बालव । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–तुला । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १६ मिनेट । दिनमान २५ घडी ५२ पला ।
मेष ‘चू,चे,चो,ला,लि,लू,ले,लो,अ’:- आर्थिक पक्ष बलियो रहने हुनाले जिवन शैलि विलाशी रहनेछ । नयाँ काम गरी आम्दानी बढाउन सकिनेछ भने भौतिक सम्पती तथा स्थाई सम्पती जोड्न सकिनेछ । मायाप्रेममा नजिक हुने तथा आफन्त तथा प्रियजन भेटिने हुँदा मन प्रशन्न रहनेछ । रमाईलो यात्राको तय गर्न सकिनेछ । परिवारसँगै बसेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्ने हुनाले मन खुशि रहनेछ । पढाईलेखाईमा राम्रो नतिजा ल्याउदै अगी बढ्न सकिनेछ ।
बृष ‘ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो’:- व्यापार व्यावसायमा लगानी बढाएर प्रसस्त रुपैया पैसा कमाउन सकिनेछ । मायाप्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरिको अफिसियल यात्राको अधिक सम्भावना रहेकोछ भने यात्राबाट भनेजस्तो उपलब्धी हात पर्ने ग्रहयोग रहेको छ । वादबिवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरुलाई हराउदै जित निकाल्न सकिनेछ ।
मिथुन ‘का,की,कू,घ,ङ,छ,के,को,हा’:- आफ्नो ज्ञानलाई सही समयमा प्रयोग गर्न सकिने हुदा चुनौती पन्छाएर काम बनाउन सकिनेछ । बौद्धिकताको प्रतिस्पर्धामा तपाईकै जित हुनेछ भने भनेजस्तो पारिश्रमिक पाउदा मन प्रफुल्लित हुनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पती पाउने योग रहेकोछ । बैक तथा बित्तिय क्षेत्रसँग पेशाबाट भनेजस्तो लाभ लिन सकिनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
कर्कट ‘ही,हू,हे,हो,डा,डी,डु,डे,डो’:- अध्ययनमा समय दिन नसस्दा अरुभन्दा पछी परिनेछ भने अरुकै लागि श्रम तथा शक्ती खर्च हुनेछ । रमाईलो वातावरणमा पनि मन खिन्न हुनेछ । साथिभाई तथा आफन्तसँग बिवाद बढ्ने योग रहेकोछ ध्यान दिनुहोला । प्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा वैमनश्यता बढ्नेछ । व्यापार व्यावसायम समय लगानी गरे पनि आम्दानी थोरै हुनेछ । आमा तथा आफन्तसँग टाडिने योग रहेकोछ ।
सिंह‘मा,मी,मू,मे,मो,टा,टी,टू,टे’:- समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो बर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य बृद्धी गर्न सकिने साथै दिगो फाईदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाई तथा आफन्तको सहयोग हुने हुँदा मन प्रशन्न हुनेछ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैया पैसा कमाउन सकिनेछ । छोटो, रमाईलो तथा उपलब्धीमुलक यात्रा हुने अधिक सम्भावना रहेको छ ।
कन्या ‘टो,पा,पी,पू,ष,ण,ठ,पे,पो’:- व्यापार व्यावासायमा बाट मनग्गे आम्दानी हुनेछ भने आम्दानी बढ्ने हुनाले काम गर्न जोस जागर आउनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्दै जान सकिने हुनाले मन प्रशन्न रहनेछ । कला, साहित्य तथा यस्तै क्षेत्रमा समय खर्चिने हरुले मनग्गे धन तथा सम्पती कमाउन सक्नेछन् । पढाईलेखाईमा थोरै समय दिए पनि सफलता हात लाग्नेछ । कुटुम्बबाट आवश्यक सहयोग पाईने हुँदा मन खुसि रहनेछ ।
तुला ‘रा,री,रु,रे,रो,ता,ती,तू,ते’:- सानातिना समस्या देखिएपनि लगनशिल भएर लाग्नाले सफलताको शिखर चुम्ने ग्रहयोग रहेको छ । पढाईलेखाईमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ ।दाजुभाईले तपाईको काममा सहयोग गर्ने हुनाले ठुला तथा उपलब्धी मुलक काम गर्न सकिने छ । मानव निर्मित तथा भौतिक साधनहरु प्राप्तीको योग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी आम्दानीका स्रोतहरु फराकिला पार्न सकिनेछ ।
बृश्चिक ‘तो,ना,नी,नू,ने,नो,या,यी,यू’:- खानपान तथा मौषमको ध्यान नदिए स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । आफन्त तथा अग्रजको स्वास्थ्यमा समस्या आई उपचार खर्च बढ्ने योग रहेको छ । मायाप्रेममा धोका हुनेछ भने जीवन साथिसँग मनमुटाब बढ्नेछ । पढाईलेखाईमा ध्यान नजादा अरु भन्दा पछी परिनेछ । बिदेशमा उत्पादित सामानको व्यावसाय फस्टाएर जानेछ मने स्वादेशी सामानको व्यापारमा मन्दि आउनेछ ।
धनु ‘ये,यो,भा,भी,भू,ध,फा,ढा,भे’:- अध्ययन अध्यापनमा अन्य दिन भन्दा सुधार गरी अरुभन्दा अगाडी बढ्न सकिनेछ । आफुले माया गर्ने मान्छेलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न हुनेछ भने परिवारका आवश्यकताहरु पूरा गर्न सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ काम पाउने तथा नोकरीमा पदोन्नती हुने समय रहेको छ । साथिभाईसँग रमाईलो भेटघाट हुने तथा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पैत्रिक सम्पतिको प्रयोग गरि आम्दानीका स्रोतहरु बढाउन सकिनेछ ।
मकर ‘भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी’ :- आफन्त तथा परिवारका साथ उपलब्धिमुलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जानेछ । साथीभाई तथा ईष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजिमा हुनेहरुले काम पाउने प्रशस्त सम्भावना रहेकोछ । काम गर्ने ठाउमा तपाईको कामको प्रशंसा हुनेछ ।
कुम्भ ‘गू,गे,गो,सा,सी,सू,से,सो,दा’:- भाग्य तथा समयले साथ दिने हुदा आटेको तथा ताकेको काम सजिलै बन्नेछन् । सामाजिक तथा सरकारि क्षेत्रमा रहेर जनतको काम गर्ने अवसर प्राप्त हुनेछ । खोज मुलक काममा सफलता मिल्नेछ भने अध्ययनमा रुची बढ्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागी दिन राम्रो रहेकोछ । शिक्षा तथा धार्मिक क्षेत्रसँग सम्बन्धीत कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने धार्मिक यात्रा हुनेछ ।
मीन ‘दी,दू,थ,झ,ञ,दे,दो,चा,ची’:- स्वास्थ्यमा आउने समस्याका कारण दैनिक कामहरु प्रभावित हुनेछन् । चिन्ता तथा छट्पटिले उर्जा तथा आत्मबिश्वासमा कमी ल्याउनेछ । नगर्नु पर्ने काममा हात हाल्दा व्यावसायिक रुपमा घाटा लाग्नेछ । धन सम्पती तथा पैत्रिक धन हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । भौतिक सम्पती तथा खनिज पदार्थको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । मायाप्रेममा धोका हुनेछ ।तपाईको दिन शुभ रहोस् ।
ज्योतिषी: गणेश काफ्ले
ज्योतिष गणेश काफ्ले नेपालबहस डटकमका नियमित स्तम्भकार हुन् । फलित ज्योतिषमा जानकार उनले चिना, टिपन, ज्योतिष परामर्श तथा कुण्डली विश्लेषण गरी प्रेम, विवाह ,व्यापार व्यवसाय, शिक्षा, स्वास्थ्य, सरकारी जागीर, वैदेशिक यात्रा, पारिवारिक सम्बन्ध लगाएत अन्य धेरै कुरामा परामर्श दिने गरेका छन् । उनी नवयूग ज्योतिष परामर्श सेवा केन्द्र,चाबहिल ,काठमाडौंसँग सम्बन्धित छन् ।
लेखकबाट थपकस्तो छ तपाईको आजको राशीफल ?
भदौ ६, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २२, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
साउन २०, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार