पर्वतका उच्च पहाडी भेगमा हिमपातले जनजीवन प्रभावित
नेपालबहस संवाददाता
पुस १४, २०७८ बुधबार १८:४४:९
१४ पुस, पर्वत । यहाँका उच्च पहाडी भेगमा हिमपात भएको छ । आज बिहानैदेखि जिल्लाका विभिन्न भागमा हिमपात भएको हो । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थल पञ्चासे, तीन हजार ३०० मिटरको उचाइमा रहेको जलजलाको हम्पाल क्षेत्र, लोप्रे, फलामेडाँडा, डाँडाकमेरे, डहरेदेउराली, दक्षिण पर्वतका चिसापानी र गोल्र्याङको लेकमा हिमपात भएको बताइएको छ ।
हिमपातसँगै निरन्तर वर्षासमेत भइरहेको छ । वर्षा र हिमपातका कारण चिसो अत्यधिक मात्रामा बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ । लामो समयपछि परेको हिमपात र वर्षाका कारण कृषक भने लाभान्वित बनेका छन् । गहुँ, आलु, तोरी, जौ, फापरलगायत बालीको उत्पादन बढ्ने भन्दै कृषक हर्षित बनेका छन् ।
कुश्मा नगरपालिका वडा नगरपालिका–१४ आर्थर डाँडाखर्कका सञ्जीव गुरुङले पञ्चासे क्षेत्रमा बिहानैदेखि वर्षा र हिमपात भइरहेको जानकारी दिए । पर्वतका उच्च पहाडी क्षेत्रमा हरेक वर्ष हिमपात हुँदै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार