२५ मिटर लामो ट्रस प्रविधिको झोलुङ्गे पुल निर्माण गरिदैं, लागत कति ?
नेपालबहस संवाददाता
पुस १६, २०७८ शुक्रबार १७:१६:३०
१६ पुस, काठमाडौं। म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको अस्कारेखोलामा निर्माण भएको ट्रस प्रविधिको झोलुङ्गे पुलबाट तीन वडाका ७०० घरधुरी लाभान्वित भएका छन् । धौलागिरि गाउँपालिकाको सहयोग र उपभोक्ताको श्रमदान गरी कूल ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो पुल निर्माण भएको हो ।
टिबिएसयुको प्राविधिक र गैरसरकारी संस्था मिलन म्याग्दीको प्राविधिक सहयोगमा निर्माण भएको सो पुलबाट धौलागिरिको मल्कवाङ, मराङ, आरवाङ, हाङवाङ, औसीवाङ, भेडीखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले जानकारी दिए ।
पुलको बिहीबार धौलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुनले शुभारम्भ गर्दै भने, “स्थानीयवासीलाई सुरक्षितरूपमा आवतजावत गर्न पुलले सुविधा पुगेको छ । गत वर्ष सुरु भएका सातमध्ये सबैभन्दा पहिले आस्कारे खोला पुल निर्माण सकिएको हो ।”
यसैगरी धौलागिरि–७ धारापानीमा रहेको किसानी माविलाई बिहीबार सात थान कम्प्युटर हस्तान्तरण गरिएको छ । सङ्गम म्याग्दीका अध्यक्ष दीपक पौडेल र प्रशासन तथा वित्त प्रमुख सुमी जिसीले विद्यालयका प्रअ धुर्व भण्डारी र शिक्षक अभिभावक संघका अध्यक्ष रामबहादुर खत्रीलाई ती सामग्री हस्तान्तरण गरे।
गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा धौलागिरि गाउँपालिकाको समन्वय र सङ्गम म्याग्दीको सहजीकरणमा सञ्चालित होप विद्यालय परियोजनाअन्तर्गत कम्प्युटर उपलब्ध गराइएको सङ्गमका अध्यक्ष पौडेलले बताए ।
पहिराबाट क्षतिग्रस्त भवन स्थानान्तरणका लागि परियोजनाको रु ८० लाख सहयोगमा किसानी माविको धारापानीमा चारकोठे भवन निर्माणाधीन छ । प्रतिगोटा ६९ हजारका दरले कूल चार लाख ८३ हजार मूल्य बराबरको सात थान कम्प्युटर उपलब्ध गराएको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफुङलिङको तोक्मेमा धाननाचस्तम्भ निर्माण
पुष २६, २०८१ शुक्रबार
अरुण तेस्रो आयोजनाबाट चार सय परिवारले मुआब्जा पाउने
पुष २६, २०८१ शुक्रबार
‘कोलुबुङ रमिते गौडा झोलुङ्गे पुल’ बनेपछि इलामको कृषि उपज झापामा बिक्री गर्न सहज
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आगामी माघ १ गतेदेखि बैंक खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
पुष २६, २०८१ शुक्रबार
साना दललाई थ्रेस होल्ड र राजनीतिक दल सम्बन्धी अध्यादेशको चिन्ता
पुष २६, २०८१ शुक्रबार
काठमाडौं महानगरविरूद्ध उच्च अदालतको आदेशः व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्नु
पुष २६, २०८१ शुक्रबार
‘आँखा उपचार गर्न विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थालेका छन् ’
पुष २७, २०८१ शनिबार
काठमाडौंका यी स्थानमा आज विद्युत कटौती हुने
पुष २७, २०८१ शनिबार
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
पुष २७, २०८१ शनिबार
विश्वकप खेल्ने यू–१९ महिला क्रिकेट टोली आज मलेसिया जाँदै
पुष २७, २०८१ शनिबार
आज यी ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना
पुष २७, २०८१ शनिबार
पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै
पुष २७, २०८१ शनिबार