‘लाखे’ मा रोहित रुम्बाको अभिनय रहने
नेपालबहस संवाददाता
पुस १८, २०७८ आइतबार १९:१६:२५
१८ पुस, काठमाडौं । फिल्म लाखेमा अभिनेता रोहित रुम्बाको अभिनय रहने भएको छ । निर्माण युनिटले फिल्मको मुख्य कलाकारको रुपमा रोहितलाई भित्र्याएको छ । ‘लाखे’ कथा मन परेको कारण फिल्मसँंग जोडिएको रोहितले बताए । रोहितले यसअगाडि ‘तोरी लाउरे’, ‘नेप्टे’ लगायत थुप्रै फिल्ममा अभिनय गरेका छन् ।
रोहितसँगै निर्माण युनिटले कलाकारका रुपमा सन्जय थापा र सन्जोग राणालाई पनि भित्र्याएको छ । यी तीन कलाकार भित्रिएसँगै फिल्मका लागि कलाकार पूरा भएको कार्यकारी निर्माता हरि मल्ल ठकुरीले जानकारी दिए ।
फिल्मका लागि यसअगाडि सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, बर्षा राउत, सुनिल थापा, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए।परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी छानिएका थिए ।
ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर तथा औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथासमेत निर्माता अर्यालकै रहेको फिल्मको गणेश मल्ल ठकुरीको प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।
ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर रहेका छन् । फिल्म २६ पुसबाट छायांकनका लागि फ्लोरमा निस्कने निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार