गैर आवासीय नेपाली संघलाई अनिर्णयको बन्दी बनाइयो : कुल आचार्य
नेपालबहस संवाददाता
पुस १८, २०७८ आइतबार २१:१५:३८
१८ पुस, लण्डन । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले भ्रमको खेती गरेर डेलिगेट्स चयनमा संस्थालाई अनिर्णयको बन्दी बनाइएको आरोप लगाएका छन् । संघको रोकिएको महाधिवेशन र चुनावका विषयमा बोल्दै आचार्यले आफूहरूमा भएको कमीकमजोरी सबैले सुधार्न आवश्यक रहेको बताए ।
‘जुनजुन देशहरूबाट डेलिगेट्स समस्या भएको छ । निवेदन दिनुभएको छ तिनको सम्बोधन गर्नुस् । विधि विधानबाट डेलिगेट्स चयन होस् । त्यसो भयो भने हामी भोलि चुनावमा जान्छौं,’ उनले भने, ‘विभिन्न यो वा त्यो बहानामा डेलिगेट्स थपघट गर्ने काम बन्द गरेर सुधारेर अघि बढ्नुस् । हाम्रो तर्फबाट केही पनि रोकेका छैनौं । सहमति, वार्ताका लागि तयार छौं । सबैलाई सम्हालेर नेपाल सरकारसँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहन्छौं ।’ भ्रमका कुरा धेरै नफैलाउन उनले आग्रहसमेत गरे ।
कुनै कार्यकारी पदमा नरहेर पनि नेपाल र नेपालीको हितको लागि आफुले निरन्तर काम गरिरहेको उनले बताए । आचार्यले चाहेको बेला विदेशी मुद्रामै फिर्ता ल्याउन मिल्ने गरी एनआरएनहरूलाई डलर अकाउन्ट खोल्न नेपाल सरकारले ल्याएको योजनाको स्वागत गरे । उक्त योजनाबाट लाभान्वित हुन उनले एनआरएनहरूलाई आग्रह पनि गरे।
विमानस्थलमा गैर आवासीय नेपालीहरूका लागि एनआरएन डेस्क व्यवस्थित गर्ने, दोहोरो नागरिकता कार्यान्वयन गर्ने सवालमा पनि नयाँ वर्षमा प्रगति होस् भन्ने उनले कामना गरे।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचिनियाँ महासंघको टोलीद्वारा भक्तपुर अवलोकन
कात्तिक २९, २०८१ बिहिबार
अमेरिकामा पनि मनाइयो छठ
कात्तिक २३, २०८१ शुक्रबार
राजनीतिक हस्तक्षेपले एनआरएनए अभियानमा समस्या : अध्यक्ष डा. बद्री केसी
कात्तिक ११, २०८१ आइतबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
नेपालबहस संवाददाता
मंसिर १७, २०८१ सोमबार
मतगणना सकिएका ३४ पदमा १५ सीटसहित कांग्रेस अगाडी, ७ स्थानको नतिजा आउन बाँकी
मंसिर १७, २०८१ सोमबार
वीरगञ्जको सानो पाइला सहकारी ठगीमा रविसहित तीन जनालाई पक्राउ गर्न प्रहरीले माग्यो अनुमति
मंसिर १७, २०८१ सोमबार
काठमाडौं–१६ को वडाध्यक्षमा रास्वपाकी रोजिना निर्वाचित
मंसिर १७, २०८१ सोमबार
पाठेघरको मुखको क्यान्सर रोकथामका फागुन महिनाभर परीक्षण
मंसिर १७, २०८१ सोमबार
कीर्तिपुरको मेयरमा कांग्रेसका कृष्णमान डंगोल विजयी
मंसिर १७, २०८१ सोमबार
आर्थिक समृद्धिका लागि महिला उद्यमशीलतामा जोड दिन आवश्यकः डा कोइराला
मंसिर १७, २०८१ सोमबार
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ
मंसिर १७, २०८१ सोमबार
जर्मन चान्सलर ओलाफ स्कोल्ज युक्रेनमा
मंसिर १७, २०८१ सोमबार
कृषिवस्तु उत्पादन वृद्धि गर्न विशेष क्षेत्र घोषणा गरिने
मंसिर १७, २०८१ सोमबार