सिराहाका एसपी पाण्डे सात महिनामै हेडक्वार्टर तानिए
नेपालबहस संवाददाता
पुस १९, २०७८ सोमबार १८:३३:५९
१९ पुस, काठमाडौं । सिराहामा सिके राउत समूहसँग लफडा परेपछि त्यहाँका एसपी हिराबहादुर पाण्डेको सात महिनामै सरुवा भएको छ । नेकपा एसका स्थायी कमिटी सदस्य एवं पाल्पाका सांसद सोमप्रसाद पाण्डेको दबाबमा सिराहा पुगेका एसपी पाण्डेले त्यहाँ तस्करीको लाइन खुला गरेको र किसानहरुलाई दुःख दिएको आरोप लाग्दै आएपछि पछिल्लो एक साता उनका विरुद्धमा सिके राउत समूहले प्रर्दशन गर्दै आएपछि त्यसलाई नियन्त्रणमा लिन नसकेको आरोपमा सरुवा गरिएको हो ।
उनको स्थानमा एसपी अर्जुन तिमल्सिनालाई जिम्मेवारी दिइएको छ । भारतबाट किसानले मल ल्याएको निहुँमा किसान पक्राउ गर्ने तर तस्करलाई चाहि छुट दिएको आरोप एसपी पाण्डेमाथि थियो । सोही कारण उनका विरुद्धमा सिके राउत समूहले आन्दोलन गर्दा दर्जन भन्दा निजी सवारी साधन तोडफोड भएको र राउत समूहका कार्यकर्तालाई पक्राउ गर्न नसकेको आरोप उनीमाथि लागेको छ ।
सो आरोपपछि प्रहरी प्रधान कार्यालयले पाण्डेलाई सरुवा गरेको हो । उनी गत जेठमा सरुवा भएर गएका थिए । हाल उनलाई प्रहरी प्रधान कार्यालयको शिक्षालयमा सरुवा गरिएको छ ।
उनको सरुवा गरे लगत्तै पाण्डेले नेपाली कांग्रेसका नेता एवं सिराहाका जिल्ला सभापति रामचन्द्र यादवलाई ज्यान मार्ने धम्की दिएका छन् ।मध्यरातमा पेस्तोल लिएर यादवको घरमा आफै पुगेको आरोप उनीमाथि छ । प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको विषयमा दुई जनाबीच विवाद बढेकोे थियो ।
प्रहरी प्रधान कार्यालयले सिराहा प्रहरीको प्रमुखमा एसपी तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी पाण्डेलाई पुनः हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता वसन्त कुँवरले जानकारी दिए । सिराहामा सीके राउत नेतृत्वको जनमत पार्टीले आन्दोलन तथा हडताल गरेपछि एसपी पाण्डे अप्ठेरोमा परेका थिए । जनमत पार्टीका अध्यक्ष राउतले एसपी पाण्डेलाई सार्वजनिक स्थानमा ल्याएर भौतिक कारबाही गर्ने धम्की पनि दिएका थिए । यस्तै, जनमत पार्टीका कार्यकर्ताले राजमार्ग बन्द तथा तोडफोड गर्न थालेपछि केही दिनयता प्रहरी र आन्दोलनकारीबीच पनि झडप भैरहेको छ ।
प्रहरी प्रधान कार्यालयले पाण्डेलाई सरुवा गर्ने वहाना पनि खोजिरहेको थियो । उनी गएको दुई महिनादेखि नै विवादित बनेका थिए । बजेट शाखामा बसेर गएका पाण्डेले प्रहरीका लेखापालसँग पैसा उठाएको आरोप लागेको थियो । बाँके, बर्दिया, कैलाली, रुपन्देही लगायतका लेखा प्रमुखलाई म बजेट शाखामा छु भन्ने थाहा छ होला नि भन्दै धम्क्याउने र बजेट कटौति गरिदिने धम्की दिने गरेका थिए ।
त्यतिमात्र होइन, केन्द्रमा बजेट नबुझाए प्रहरी कार्यालयलाई कम बजेट हालिदिने धम्की दिदै आएका पाण्डेको चर्को विरोध भएपछि त्यस घट्नालाई छल्न उनले पाल्पाका सांसद सोमप्रसाद पाण्डेलाई प्रयोग गरेर सिराहा पुगेका हुन् । इलाम जिल्लाको प्रमुख बस्दा पनि त्यहाँको एकाउण्टेण्टसँग झगडा गरेर हिडेका थिए । त्यतिबेला पनि उनको चर्को आलोचना भएको थियो ।
‘आर्थिक रुपमा जहाँ बस्यो त्यँहा लफडा गर्ने पाण्डे सिराहामा पनि लागुआषौध तस्करको मोटरसाइकल कब्जा गरेर तस्करलाई छाडेका थिए । पछि लाहानका डिएसपी डा. तपन दाहालले जिल्ला प्रहरी कार्यालयको निर्देशनमा छाडिएको वेवारिसे गाडी नै बरामद गरेर भन्सार कार्यालयलाई बुझाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार