एकसय ७० लिटर घरेलु मदिरा नष्ट
नेपालबहस संवाददाता
पुस २०, २०७८ मंगलबार १७:५६:५८
२० पुस, काठमाडौं । जिल्ला प्रहरी कार्यालय डोटीले त्यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।
घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
उनका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार