दुबईबाट सुन तस्कर ‘गोरे’का भाई पक्राउ, भोली विराटनगर लगिने
नेपालबहस संवाददाता
पुस २०, २०७८ बुधबार ०:१:५७
२० पुस, काठमाडौं । दुबई प्रहरीको सहयोगमा साढे ३३ किलो सुन तस्करीका मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का भाइ रमेश उप्रेतीलाई नेपाल ल्याइएको छ । नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा उप्रेतीलाई दुवईबाट काठमाडौं ल्याएको हो । नेपालमा मुद्धा भई विदेशमा बसेका नेपालीहरुलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याउने क्रममा उप्रेतीलाई मंगलबार काठमाडौं ल्याएको थियो ।
प्रहरीले दुवईबाट ल्याएको भन्न नचाहेकै कारण उनको पक्राउलाई हाल गोप्य राखिएको छ । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेर गौशला प्रहरी वृत्तमा राखिएको छ । उनलाई बुधबार विराटनगर पठाउने तयारी भएको प्रहरी स्रोतले जनाएको छ । मोरङको उर्लाबारी नगरपालिका–७ घर भई दुबई बस्दै आएका रमेश ३३ किलो सुन तस्करी मुद्दामा फरार अभियुक्त हुन् ।
प्रहरीले गोरेलाई पक्राउ गरेपनि उनको भाइलाई भने पक्राउ गर्न सकेको थिएन । साढे ३३ किलो सुन तस्करीका सबै अभियुक्तहरुले सफाई पाएका बेलामा प्रहरीले उनलाई दुबईबाट काठमाडौं ल्याएको हो । २०७४ माघमा चूडामणि उप्रेती ‘गोरे’ को समुहले दुबईबाट ल्याएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिएपछि लुटपाट भएको थियो ।
३३ किलो किलो सुन लुकाएको आरोपमा तस्कर समूहले यातना दिएर सनम शाक्यको हत्या भएपछि मात्रै सो घट्ना बाहिर आएको थियो ।त्यसबारे सरकारले तत्कालिन गृहमन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलको नेतृत्वमा विशेष समिति बनाएर अनुसन्धान गरेको थियो । सो छानविन प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले ‘गोरे’का दाजुभाइसहित ६३ जनालाई मुद्धा दायर गरेको थियो । सुन तस्करी प्रकरणमा प्रमाण अभाव भएको भन्दै जिल्ला अदालतले सबैलाई सफाई दिइसकेको छ ।
प्रमाण अपुग भएको तथा सुन बरामद नभएका कारण कुनै प्रमाण नभएकाले सुन तस्करी आरोप लागेका अभियुक्तहरुले सफाई पाएपछि छानविन समितिमा रहेका अधिकारीहरुमाथि नै प्रश्न उठेको थियो । त्यसक्रममा समितिमा रहेका प्रहरी अधिकारीले नेपाल प्रहरीका केही अधिकारीहरुलाई नियतबस फसाउन अभियोग समेत लगाएका थिए । पछि लगाएको अभियोग पुष्टि नभएपछि उनीहरुले छुटकारा पाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार