एसपी पाण्डे तीन महिनाका लागि निलम्बनमा, आर्थिक अनियमितता बारे पनि छानविन हुने
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार १७:३:१८
२१ पुस, काठमाडौं । प्रहरी नियमावली र आचारसंहिता विपरित कार्य गरेको भन्दै सिराहाका एसपी हिराबहादुर पाण्डे निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयमा सरुवा भएको भोलीपल्टै उनलाई गृहमन्त्रालयले निलम्बन गरेको हो ।
सरुवाको विषयलाई लिएर नेपाली कांग्रेस सिराहा जिल्ला सभापति रामचन्द्र यादवलाई गोली हानेर मार्ने धम्की दिएपछि एसपी पाण्डे निलम्बनमा परेका हुन् । प्रहरी प्रधान कार्यालयले एसपी पाण्डेलाई तीन महिनाका लागि निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले बताए ।
इलाम, प्रहरी प्रधान कार्यालयको बजेट महाशाखा र सिराहामा रहँदा आर्थिक अनियमितामा मुछिएका एसपी पाण्डे पछिल्लो दिनमा कांग्रेस सिराहा सभापति यादवलाई गोली हानेर मार्ने भन्दै पेस्तोल लिएर मध्यराति उनको घरमा पुगेको पुष्टि भएपछि एसपी पाण्डेलाई निलम्बन गरिएको हो । ‘शुरुमा पत्यार लागेको थिएन सिडियोकै रिपोर्ट आएपछि उहाँलाई निलम्बन गर्नु परेको हो’, गृह मन्त्रालयका एक अधिकारीले भने ।
एसपी पाण्डेलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिराहाको जिम्मेवारीबाट हटाएर हेडक्वार्टर तानेपछि आइतबार मध्यराति साढे १ बजे उनी पेस्तोलसहित यादवको घरमा पुगेका थिए । तर, एसपी पाण्डेले भने आफू यादवको घरमा नगएको र गोली हानेर मार्ने धम्की नदिएको दाबी गरेपनि सिडियोकै रिपोर्टले पुष्टि गरेपछि प्रहरी प्रधान कार्यालयले तीन महिनाका लागि निलम्बन गर्न गृहमन्त्रालयमा लेखी पठाएको थियो ।
प्रहरी प्रधान कार्यालयले सात महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ । प्रहरी कार्यालयले उनीमाथि छानविनका लागि उजुरी परेकाले आर्थिक अनियमितता बारे पनि छानविन हुने जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनवीनतम् र रचनात्मक कार्य गर्न प्रहरी महानिरीक्षकको निर्देशन
मंसिर १०, २०८१ सोमबार
नेपाल प्रहरीका ८ जना डीआईजीमा बढुवाका लागि सिफारिस
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार