बैतडीमा खसी चोरको बिगबिगी !
नेपालबहस संवाददाता
पुस २१, २०७८ बुधबार २१:१८:२१
२१ पुस, बैतडी । बैतडीको पाटन नगरपालिका-५ क्वापानी गाउँबाट सोमबार राति २ वटा खसी चोरी भयो । स्थानीय जयबहादुर चन्दको घरबाट यी दुई खसी चोरी भएका थिए । राति २ बजेतिर आएको अज्ञात समुहले खसीहरू लगेको उनका छोरा मनोज चन्दले बताए । उनले भने, ‘बुबा-आमा र बहिनी घरमा थिए । बाहिरबाट आएका व्यक्तिहरूको समूहले उनीहरूलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनेछन र गोठबाट खसी चारेर लगेछन् ।’
दुई वटा खसीको मुल्य करिब ५० हजार पर्ने स्थानीय विवेकानन्द पाण्डेयले बताए । यसअघि पनि गाउँमा पटक पटक खसी चोरी भएको उनले बताए । उनले भने, ‘यसरी पटक पटक गाउँबाट खसी चोरी हुन थालेपछि स्थानीय त्रसित बनेका छन् । चोरी रोक्न प्रहरी प्रशासन चनाखो हुनु पर्यो । सरकारले पीडित परिवारलाई राहत पनि उपलब्ध गराउनु पर्यो ।’ प्रहरीले भने खसी चोरीको बिषयमाथि अनुसन्धान भैरहेको जनाएको छ ।
गतसाता दशरथचन्द नगरपालिका-४ बाडीलेकका एक किसानले गोठमा बाँधेको खसीको दुई वटा खुट्टा काटेर मारेको अवस्थामा भेटिएको थियो । स्थानीय नैनराम भुलको गोठमा बाँधेको खसी काटेर लगेको अवस्थामा भेटिएको अभियन्ता राजुराम भुलले बताए । पछि गोठमा आधा मात्रै खसी भेटिएको उनले बताए ।
यसैगरी, गतबर्ष साहीलेकका एक व्यक्तिको खसी चोरेर बजारमा बेचेको भेटेपछि दोषीमाथि कारवाही गरेको स्थानीय देवराम लोहारले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपहिलो सुदूरपश्चिम मेयर सम्मेलन सोमबारदेखि सुरु हुँदै
पुष १४, २०८१ आइतबार
बेत र बाँसका सामानबाट आत्मनिर्भर बन्दै टीकापुरका महिला
पुष ५, २०८१ शुक्रबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
किम जोङकी बहिनी देखिइन् सन्तानसँग पहिलो पटक
पुष १९, २०८१ शुक्रबार
नेपाल धानमा पनि परनिर्भर बन्दै, वीरगञ्जबाट ५ महिनामा ३ अर्ब बढीको धान आयात
पुष १९, २०८१ शुक्रबार
मुगुमा ४.४ रिक्टर स्केलको भूकम्प
पुष १९, २०८१ शुक्रबार
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
पुष १९, २०८१ शुक्रबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
पुष १९, २०८१ शुक्रबार