‘कठपुतली’ हेर्ने दर्शकलाई आइफोन १२ उपहार
नेपालबहस संवाददाता
पुस २२, २०७८ बिहिबार १७:५०:१६
२२ पुस, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली फिल्म ‘कठपुतली’ हेर्न आउने दर्शकले आइफोन १२ उपहारका रुपमा पाउने भएका छन् । फिल्मले पहिलो सप्ताहन्तसम्म राम्रो व्यापार गरेको दाबी गर्दै निर्माण युनिटले दर्शकका लागि उपहार योजना ल्याएको हो ।
निर्माण युनिटका अनुसार फिल्म हेर्नका लागि काटेको टिकटसँग सेल्फी खिचेर सामाजिक सञ्जालमा पोस्ट गर्नेहरुमध्ये गोला प्रथाबाट एकजनालाई एप्पल कम्पनीको ‘आइफोन १२’ प्रदान गरिनेछ ।
एक टिकट एक जनाको लागि मात्र मान्य हुने र टिकट नम्बरको आधारमा मान्यता जाँच हुने निर्माण पक्षले जनाएको छ । नेपालभर जुनसुकै हलबाट काटिएको टिकटसँग सेल्फी फोटो खिचेर सबैले देख्नेगरी अर्थात ‘पब्लिक पोष्ट’ कुनै पनि सामाजिक सञ्जालमा राख्नुपर्ने हुन्छ ।
त्यसरी फोटो राख्दा ’क्याप्सन’मा ‘ह्यासट्याग कठपुतली ह्यासट्याग विनआइफोन’ लेख्नुपर्ने हुन्छ । ह्यासट्याग प्रयोग गरि फोटो पोष्टको सुचना फिल्म टीमले प्राप्त गर्नेछ । ‘लक्की ड्र’मार्फत आगामी १ फेब्रुअरीमा विजेता घोषणा गरी उपहार दिइनेछ ।
भीमसेन लामा निर्देशित फिल्ममा मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार