प्रि-डिप्लोमा कोर्सका विद्यार्थीको बिदाइ
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार १९:४५:१८
२३ पुस, लमजुङ । नेपाली सेनाको कल्याणकारी योजनाअन्तर्गत सैनिक कल्याणकारी कोषद्वारा स्थापित नेपाली सेना कृषि विज्ञान संस्थानले एक वर्ष आठ महिना अध्ययन गरेका ४० जना विद्यार्थीलाई बिदाइ गरेको छ ।
जिल्लाको बेंसीसहर नगरपालिका २ बगालेगाउँमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले प्रि-डिप्लोमा कोर्सका पहिलो सत्रका विद्यार्थीलाई बिदाइ गरेको हो । विद्यार्थीलाई नेपाली सेना कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी विजय थापा र गण्डकी प्रदेश सीटीईभीटीका निर्देशक प्रमोदभक्त आचार्यले शैक्षिक प्रमाणपत्र प्रदान गरेका थिए ।
तालिम अवधिभर नेपाली सेना व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्र लमजुङको प्रथम ब्याचले शतप्रतिशत विशिष्ट श्रेणीमा उत्तीर्ण गरेको भन्दै सीटीईभीटी गण्डकी प्रदेश कार्यालयका निर्देशक प्रमोदभक्त आचार्यले केन्द्रका प्राचार्य श्यामकृष्ण घिमिरेलाई प्रशंसापत्र प्रदान गरेका थिए । तालिममा कृषितर्फका २४ जना र पशुपालनमा १६ जना सहभागी भएको केन्द्रका सहायक प्राचार्य विनोद घिमिरेले बताए ।
उनका अनुसार नेपाली सेना कृषि विज्ञान संस्थानले समयसमयमा छोटो अवधिका तीन महिने, १८ महिने पशुपालन तथा कृषि तालिम सञ्चालन गर्दै आएको छ । उक्त केन्द्र ३८६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।
कृषि क्षेत्रमा फार्म स्थापना, फलफूल, तरकारी, मसला, नगदेबाली, अन्नबाली, फलफूलको बगैंचा, चिया बगान स्थापना गरिएको गरिएको छ । पशुपालन क्षेत्रमा कुखुराफार्म, गाईफार्म, बाख्राको फार्म, बंगुर फार्म, माछापोखरी स्थापना गरिएको छ । लमजुङमा रहेको नेपाली सेना कृषि विज्ञान संस्थानले सीटीईभीटीको समन्वयमा प्रि-डिप्लोमा बाली विज्ञान तथा पशुपालन संकायका तालिम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी भारत फर्किए
मंसिर ९, २०८१ आइतबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार