नेपाली र हिन्दी भाषामा ‘परस्त्री’ फिल्म बनाउँदै दीपेन्द्र खनाल
नेपालबहस संवाददाता
पुस २३, २०७८ शुक्रबार २२:३८:१७
२३ पुस, काठमाडौं । हिन्दी र नेपाली भाषामा निर्माण हुने फिल्म ‘परस्त्री’को घोषणा गरिएको छ । निर्देशक दीपेन्द्र के खनालको लेखन रहने फिल्ममा अभिनेता सुरज पाण्डेयको निर्देशन रहनेछ ।
फिल्म ‘लभ लभ लभ’बाट अभिनयमा पाइला चालेका सुरजको यो ‘डेब्यू’ निर्देशन हुनेछ । डिएस डिजिटलको व्यानरमा निर्माण हुने फिल्ममा शर्मिला पाण्डेको लगानी रहनेछ । फिल्ममा अभिनेता तथा गायक कोशिस क्षेत्रीको प्रमुख भूमिकामा अभिनय रहनेछ । बाँकी अन्य कलाकार भने अडिसनबाट छानिने निर्माण पक्षले जनाएको छ ।
फिल्म युनिटले २२ देखि २७ वर्ष उमेरका अभिनेता, २२ देखि ३० वर्ष उमेरकी अभिनेत्री र २० देखि २५ वर्ष उमेरका अन्य अभिनेत्री अडिसनमार्फत छनोट गरिने जानकारी दिएको छ । फिल्म फागुनको तेस्रो साताबाट फ्लोरमा जानेछ ।
काठमाडौंमा नै सम्पूर्ण छायांकन हुने फिल्मका लेखक खनालले फिल्मको कथा पूर्णरूपमा नेपाली परिवेशमा तयार पारिएको दाबी गरे । नवनिर्देशक पाण्डेयले आफ्नो पहिलो प्रयासलाई दर्शकले मनपराउने आशा व्यक्त गरे ।
निर्देशक खनालले निर्माता पाण्डेसँग मिलेर निर्माण गरेको फिल्म ‘चिसो मान्छे’ आगामी ३० वैशाख २०७९ मा रिलिज हुँदैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुराना अभिनेत्रीहरू पुनः पर्दामा फर्किए
मंसिर १२, २०८१ बुधबार
फिल्म ‘परालको आगो’ मा सुहाना अनुबन्ध
मंसिर ८, २०८१ शनिबार
फिल्म ‘ह्रस्व दीर्घ’ को छ दिनमा ५ करोड ४ लाख कमाई
मंसिर ७, २०८१ शुक्रबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार
पाकिस्तानमा भारतले च्याम्पियन ट्रफी नखेल्ने भए पछि शुक्रबार थप निर्णय लिइने
मंसिर १३, २०८१ बिहिबार
परराष्ट्रमन्त्री आरजु राणा आज चीन जाँदै
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार