सुआहाराद्धारा गल्याङ र भीरकोटमा कृषि सामाग्री हस्तान्तरण
नेपालबहस संवाददाता
पुस २४, २०७८ आइतबार ०:५२:४१
२४ पुस, स्याङ्जा । गल्याङ नगरपालिका र भीरकोट नगरपालिकाका कृषकहरुलाई कृषि सामाग्री हस्तान्तरण गरिएको छ । गल्याङ ४ निबुवाखर्क र भीरकोट १ जगतपुरका कृषक समूहलाई दियालो सुआहाराको तर्फबाट बिभिन्न कृषि सामाग्री हस्तान्तरण गरिएको हो ।
जलवायुमैत्री कृषिप्रविधि अभ्यासद्धारा आर्थिक सशक्तीकरण कार्यक्रम अन्तर्गत छुट्टाछुट्टै समूहका लागि कृषि सामाग्री तथा औजारहरु हस्तान्तरण गरिएको दियालो संस्थाका अध्यक्ष कविता तिवारीले जानकारी दिए । जलवायुमैत्री कृषि खेती प्रवद्र्धनका लागि बिभिन्न कृषिऔजार हस्तान्तर गरिएको हो ।
भीरकोट १ को कृषक समूहलाई थोपा सिंचाई सेट,टनेल प्लास्टिक र मल्चिङ प्लास्टिक ११-११ थान, गुमोजप्लास्टिक १० थान,प्लास्टिक क्रेट पाँचथान,पालिपट ३ थान र हजारी तथा बिउबिउजन प्रदान गरिएको हो ।
भीरकोट १ माभएको कृषि सामाग्री हस्तान्तरण कार्यक्रमम ावडा अध्यक्ष दिपेन्द्र केसी,दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा गण्डकीप्रदेश कृषि संयोजक अर्जुन सुवेदी, दियालो संस्थाका कोषाध्यक्ष सीता डुम्रे,सदस्य चण्डीका साप्कोटा,दियालो सुआहारा परियोजना प्रमुख ओमसुव गुरुङ लगायतको सहभागिता रहेको थियो ।
त्यस्तै गल्याङ ४ को कृषक समूहलाई टनेल प्लास्टिक ११ थान,गुमोज प्लास्टिक १० मिटर,प्लास्टिकक्रेट पाँच थान पोलिपट बिउबिजन आदि प्रदान गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष नेत्र प्रसाद पाण्डे, दियालो संस्थाका अध्यक्ष कविता तिवारी,सुआहारा प्रदेश कृषि संयोजक अर्जुन सुवेदी, स्थानीय समाज सेवीमणि प्रसाद न्यौपाने,ढाकाराम न्यौपाने,दियालो सुआहाराका प्रवन्धक ओमसुव गुरुङ, प्रमिला सुवेदी लगायतको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार