विधि, गर्भ, लक्ष्य र यसस्वीले जिते फेश अफ द माडवारी किड्सको उपाधि
नेपालबहस संवाददाता
पुस २५, २०७८ आइतबार २१:१:१२
२५ पुष, काठमाडौं । माडवारी समुदायका ६ देखि १३ वर्ष उमेर समुहका बालबालिकाहरु बीच भएको प्रतियोगिता ‘फेश अफ द माडवारी किड्स २०२१’ को उपाधि चार फरक उमेर समुदायबाट विधि अग्रवाल, गर्भ वाहेटी, लक्ष्य अग्रवाल र यसस्वी खेम्बाले जितेका छन् ।
पेज थ्रि प्रा।लि।ले शनिबार बेलुका काठमाडौंमा आयोजना गरेको यो प्रतियोगितामा फस्ट रनर अपको उपाधि पिहु चाचन, भियोम शर्मा, कुश तिब्रेवाल र अंशिका मित्रुकाले हाँसिल गरे । यस्तै सेकेन्ड रनरअपको उपाधि आध्या अग्रवाल, गगन बँशल र मेदान्स अग्रवाल, विधिका अग्रवले प्राप्त गरे ।
बीरगञ्जका मेयर विजय सरावगीको प्रमुख आतिथ्य, मिस नेपाल नम्रात श्रेष्ठ र हास्य अभिनेता निर्मल शर्माको विशेष आतिथ्यमामा सम्पन्न सो प्रतियोगिता अन्य विभिन्न उपाधिका लागि बालबालिकाबीच प्रतिस्पर्धा भएको थियो । जसमा मस्ट क्युट चाईल्डको उपाधि नाभिका अग्रवाल र शिवान्स खेतानले प्राप्त गरे । कन्फिडेन्ट चाईल्डको उपाधि कृतिम चाचन, भिहान मिन्डाले, बेस्ट वाकको उपाधि साईना अग्रवाल, लक्ष्य अग्रवाल, तेजेस पोद्दार र अंशिका मित्रुकाले, डिसिप्लेनको अवार्ड दिया अग्रवालले, मोस्ट स्टाईलिस्टको अवार्ड जुयान्स तिब्रेवाल, वान्सिका जोधानीले हाँसिल गरे ।
बालबालिकासँगै अभिभावक पनि ¥याम्पमा उत्रिएका सो प्रतियोगिताको अन्य उपाधि मध्य ब्युटीफुल स्माईलको उपाधि विधि शाह र गर्व बहेटीले, बेस्ट पर्फमरको उपाधि आस्ना अग्रवाल, पिहु चाचनले, ट्यालेन्टको उपाधि आरध्य अग्रवाल, गगन बँशल, गौतम अग्रवाल र यसश्वी खेम्काले, बेस्ट पर्सनालिटीको अवार्ड खुस तिब्रेवाला, आध्या शर्मा, जयदेव बँशल र आध्या अग्रवालले प्राप्त गरे । यसै गरी फोटोजेनिक अवार्ड विधि अग्रवाल, भियोम शर्मा र विधिता अग्रवालले , अर राउन्डर किडको अवार्ड रियन्स मित्रुका र मानस्वि खेम्काले, मिस बब्लीको अवार्ड दिब्यँका शर्मा र अमरिया अग्रवालले, मोस्ट पपुलर अवार्ड आयुशी अग्रवाल, मयँक गोयल, अन्सुल अग्रवाल र रुट्भी अग्रवालले प्राप्त गरेका छन् ।
सो कार्यक्रममा कविता नेपाली सहित विभिन्न कलाकारहरुले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । यो मिनपचासको बिदामा माडवारी समुदायका बालबालिकालाई उनीहरुको प्रतिभा प्रस्तुत गराउन बिगत झैं यसपटक पनि यो प्रतियोगिता आयोजना गरिएको आयोजक रेखाले बताईन् । म्याजिक फुडवेरको सहकार्यमा सो प्रतियोगिता सम्पन्न भएको थियो ।
चर्चित फेशन डिजाईनर रेखा मोदी मितृकाल आयोजना गरेको सो प्रतियोगिताको कोरियो ग्राफी कोरियोग्राफर एवम् अभिनेता दिक्पाल कार्की र पुनम बर्माले गरेका थिए । कार्यक्रमको निर्णायकमा चर्चित उधोगपति राजेन्द्र खेतान, अभिनेत्रीद्धय केकी अधिकारी, शुभेच्क्षा खड्का र अर्चना सायदा थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
कात्तिक १६, २०८१ शुक्रबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार