सीमामा खटिएको सशस्त्र प्रहरीलाई टेलिफोन र बाटोको समस्या
नेपालबहस संवाददाता
पुस २६, २०७८ सोमबार १८:५०:३०
२६ पुस, बैतडी । सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी(बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ ।
झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा निगरानी चौकी(बिओपी) स्थापना गरिएका छन् । ती बिओपीमा खटिएको सशस्त्र प्रहरीलाई सधैँ टेलिफोन र बाटोघाटोको समस्या रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक गणेशबहादुर शाहले जानकारी दिए ।
तीनवटा बिओपीले भारतसँगको सबै सीमा क्षेत्रको सुरक्षा दिइरहेको छ । “उक्त क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कले काम गर्दैन्, भारतीय सिम प्रयोग गर्नुपर्ने बाध्यता छ”, उनले भने,“रातदिन सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई बाटोघाटोको समेत समस्या छ, सबैक्षेत्रमा बाटोघाटोको व्यवस्था छैन, जोखिम मोलेर गस्ती गर्नुपर्छ । भरपर्दो टेलिफोन र बाटोघाटो नहुँदा चाहेअनुसारको सुरक्षा दिन केही कठिनाई हुने गरेको छ । भनेको बेला फोन नै लाग्दैन ।”
उक्त क्षेत्रमा टेलिफोन समस्या रहेकोबारे टेलिकम कार्यालयलाई जानकारी गराइसकेको जनाइएको छ । यता टेलिकम कार्यालयका प्रमुख विक्रम टमटाले सीमा क्षेत्रको टेलिफोन समस्या समाधानका लागि पहल भइरहेको बताए । उनले भने,“टेलिफोनको समस्या रहेका ती क्षेत्रमा टावर थपिने र यसबारे माथिल्लो निकायलाई जानकारी गराइसकेका छौं ।”
बैतडीमा भारतसँग ६१ किलोमिटर सीमा क्षेत्र जोडिएको छ । उक्त क्षेत्रमा हाल तीन ठाउँमा बिओपी स्थापना भएको र उनीहरुलाई सबैक्षेत्रमा परिचालन गर्ने गरिएको छ । सदरमुकामस्थित गढीमा गुल्म स्थापना भएपछि सीमाक्षेत्रमा बिओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्नो उपस्थिति बढाएको हो । गुल्ममा हाल सशस्त्र प्रहरी नायब उपरीक्षक नेतृत्वमा १६० र बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहेको छ ।
सीमा क्षेत्रको रक्षा, सीमामा हुने अपराध न्यूनीकरणका लागि सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार गुल्म र बिओपी स्थापना गरिन लागिएका हुन् । यस्तै सीमा क्षेत्रमा हुनसक्ने अवाञ्चिछत गतिविधि, सीमा क्षेत्रमा हुनसक्ने अवैध कारोबार तथा मानव बेचबिखन जस्ता अपराध र राजस्व चुहावट रोक्न पनि बिओपी स्थापना गरिएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसशस्त्र प्रहरीद्धारा वीरगंजको अवैध गोदाममा छापा, ५० लाखभन्दा बढिको सामान बरामद
माघ १५, २०८१ मंगलबार
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
माघ ९, २०८१ बुधबार
एसपी बढुवामा शक्तिकेन्द्रको अपारदर्शी चलखेल
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
सभापति देउवाद्वारा पौडेलको निधनप्रति दुःख व्यक्त
नेपालबहस संवाददाता
माघ १३, २०८१ आइतबार
ताप्लेजुङ घटनाका विषयमा छलफल गर्न गृहमन्त्रीले बोलाए चार जिल्लाका सांसद
माघ १५, २०८१ मंगलबार
पश्चिमी वायुको प्रभावले उपत्यकाको आकाशमा तुवाँलो
माघ १५, २०८१ मंगलबार
देशमा असल सुशासन र समुचित विकास नै शहीदप्रतिको सच्चा सम्मान होः राष्ट्रपति
माघ १६, २०८१ बुधबार
रौतहटमा १० देखि १४ वर्ष उमेर समूहका ५० हजार बालिकालाई लगाइँदैछ एचपिभि खोप
माघ १६, २०८१ बुधबार