सशस्त्र प्रहरीमा एसपी सरुवाः बदनाम एसपीलाई पुरस्कार !
नेपालबहस संवाददाता
पुस २७, २०७८ मंगलबार १९:१६:३४
२७ पुस, काठमाडौं । सशस्त्र प्रहरीको एसपी सरुवामा बदनामहरु पुरस्कृत भएका छन् । लामो समयपछि भएको एसपी सरुवामा प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दवावमा बदनामहरु पुरस्कृत भएका हुन् ।
६५ जना एसपी (सशस्त्र प्रहरी उपरीक्षक) हरुको सरुवा गरेसँगै बद्नामहरुले महत्वपूर्ण जिम्मेवारी पाएपछि सशस्त्र प्रहरी बलमा असन्तुष्टि समेत उत्पन्न भएको छ। बलको मानव स्रोत विभागले आवश्यकता अनुसार खटाउनु पर्ने भएको भन्दै १ माघ देखि लागूहुने गरि उनीहरुको २३ पुसमा काज सरुवा गरेको हो ।
सरुवा अनुसार एपीएफ कमाण्ड तथा स्टाफ कलेजमा रहेका एसपी विकास घिमिरेलाई ललितपुर हेर्ने २१ नम्बर गण दक्षिणकालीमा काज सरुवा गरिएको छ । बलले काज सरुवा गरेका केही अधिकारीहरुले इन्चार्ज टु इन्चार्ज पाएका छन् भने केहीलाई थन्काइएको छ । मोवाइल तस्करीमा मुछिएर कारवाही भोगेका एसपी हर्कराज पन्तलाई कार्यदल गणको जिम्मा, महोत्तरीमा बदनाम एसपी सुरेश सापकोटालाई फेरि इलाम गणको जिम्मा, सिराहामा बदनाम एसपी दीपेन्द्र गिरीलाई फेरि त्यही प्रदेशको महोत्तरी गणको जिम्मा दिइएको छ, प्राविधिक पृष्ठभूमिका एसपी बिमल डांगीलाई रक्तकाली गण सुर्खेतको जिम्मा दिइएको छ ।
तातोपानी भन्सार कार्यालयको सुरक्षामा खटिएका तत्कालीन सशस्त्र प्रहरी प्रमुख हर्कराज पन्त तस्करीका सामानसहित अरनिको राजमार्गबाट पक्राउ परेका थिए । डीएसपी पन्तलाई काज फिर्ता भएर जाने क्रममा भन्सार नतिरेको ७ सय ६१ थान मोबाइल राजधानी लैजाने क्रममा राजस्वको विशेष टोलीले पक्राउ गरेको थियो । नाकाबाट हुने तस्करी नियन्त्रणको जिम्मेवारी पाएको सशस्त्रका प्रमुख नै तस्करीको दसीसहित पक्राउ परेका थिए ।
दसीसहित पक्राउ परेपछि उनलाई थुनामा राखेर अनुसन्धान गरिएको थियो । सो प्रकरणमा एकतह घटुवा समेत भएका एसपी पन्तले प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको सोर्सको आधारमा आईजीपी मातहतको कार्यदलको जिम्मा दिइएको छ । सो कार्यदल आकर्षक स्थान मानिएको र दक्ष व्यक्ति मात्रै त्यहाँ जाने भएकाले बदनामहरुलाई प्रमुख बनाउने गरिएको छैन ।
तर यसपल्ट राजनीतिक दवावमा एसपी पन्तलाई त्यहाँको कमाण्ड गर्न दिइएको छ । मोवाइल तस्करी मात्र होइन ललितपुस्थित नख्खु कारागारको सुरक्षा कमाण्डमा रहेका बेला लागुऔषध कारोवारमा संलग्न रहेका सन्तोष गुरुङलाई जेलभित्रै मोबाइल चलाउन दिएको आरोप समेत लागेको थियो । एसपी पन्तले यसैवर्ष पदक समेत पाएका थिए । उनले चोरबाटोबाट पदक पाएको भन्दै सशस्त्रभित्र उनको आलोचना भएको थियो ।
सिराहाको नाकाबाट तस्करीको सामान छिराएको आरोप खेपेका बदनाम एसपी दीपेन्द्र गिरीलाई पनि त्यही प्रदेशको महोत्तरी गणको जिम्मा दिएर पुरस्कृत गरिएको छ । उनले सिराहामा राम्रो काम गर्न नसकेको भन्दै मूख्यालयमा उजुरी परेपछि अवधि नपुग्दै तान्न खोजेपनि शक्तिकेन्द्रको आँडमा बसेका गिरी पुनः गणको कमाण्ड सम्हाल्न आइपुगेका छन् ।
‘सिपाहीलाई घर बिदा छाडेको र सिराहाको बीओपीबाट पैसा उठाएर खाएको आरोपमा कारवाही गर्न खोजिएको थियो तर शक्तिकेन्द्र धाएर आरोपबाट बचेनन मात्र गणकै कमाण्ड सम्हाल्न पुगे’, सशस्त्र मुख्यालय स्रोतले भन्यो । सामान्यतया इन्चार्ज टु इन्चार्ज पाउने अर्का भाग्यमानी एसपी सुरेश सापकोटा पनि शक्तिकेन्द्रकै आँडमा इलाम पुगेका छन् ।
त्यस्तै रुपन्देही २७ गणमा शंकर खनाल र डन्डा बीओपीमा इन्सपेक्टर कृष्ण अर्यालको मिलेमतोमा तस्करी बढे सँगै ती नाकाबाट अबैध सामान पक्राउ बिगत एकमहिना यता शून्य रहेको छ । चोरी तस्करीको मूख्य केन्द्र रहेको रुपन्देहीबाट तस्करीको सामान बरामद गर्दा नै करोडौ रुपैयाँ राजश्व संकलन हुने सो नाकाबाट विगत एक महिनादेखि तस्करीको सामान बरामद हुन सकेको छैन । ‘गृहमन्त्रीको दवावमा एकल काज निकालेर आएका अर्यालले तलदेखि माथिसम्म मिलाएर राखेका छन्, उनको ध्यान समान बरामद गर्ने होइन सामान छिराउनेमा रहेको छ’, रुपन्देहीका एक सशस्त्र प्रहरीले भने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजश्वको इमाडोलमा छापा, चिनियाँ नाकाबाट आएको करोडौंको भेप बरामद
पुष २८, २०८१ आइतबार
सशस्त्र र नेपाल प्रहरीसम्बन्धी विधेयक संसदमा पेस हुँदै
पुष २७, २०८१ शनिबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
हिउँदे अधिवेशनमा सरकारले नागरिकता र प्रहरीसहित ३ विधेयक पेश गर्ने
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
बिहीबार तोलामा १२०० सयले बढ्यो सुनको मूल्य
माघ ३, २०८१ बिहिबार
मुस्ताङका सीडीओ बस्ने आवासगृहमा आगलागी
माघ ३, २०८१ बिहिबार
बीमा हत्याउने उदेश्यले प्रेमीसँग मिलेर श्रीमतीले गरिन श्रीमानको हत्या
माघ ३, २०८१ बिहिबार
बुढानिलकण्ठमा कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीसहित संसदीय दलको बैठक
माघ ३, २०८१ बिहिबार
पेट दुखिरहन्छ ? उसो भए खानुहोस फाइबरयुक्त यी ५ चीज
माघ ३, २०८१ बिहिबार
तालिवान सेना समलिंगी यौन सम्बन्धमा लिप्त, एचआईभी संक्रमित भेटिएपछि खुल्यो रहस्य
माघ ३, २०८१ बिहिबार