पाठेघरको क्यान्सर भएको कसरी थाहा पाउने ?
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac.jpeg
)
नेपालबहस संवाददाता
माघ ७, २०७८ शुक्रबार २१:४९:३
![](https://nepalbahas.prixacdn.net/media/albums/drjotsana-sharma_bMHQCRLrsU.jpg)
♦ डा. ज्योत्सना शर्मा
क्यान्सर भनेको जुनसुकै अंगमा सामान्यभन्दा धेरै कोषिका बढ्ने हो । अक्सर महिलाहरु पाठेघर क्यान्सरको जोखिममा हुन्छन् । पाठेघरको क्यान्सरअन्तर्गत पाठेघरको मुखको क्यान्सर तथा पाठेघरको भित्रपट्टिको क्यान्सर प्रमुख हो ।
ह्युमन प्यापिलोमा भाइरसका कारणले पाठेघरको मुखको क्यान्सर भएको पाइन्छ । यसका साथै धेरैजना पुरुषसँग यौनसम्पर्क राख्ने, सानो उमेरमा धेरै सन्तान जन्माउने महिलामा पनि यो क्यान्सर हुनसक्छ । महिलामा हुने सम्पूर्ण क्यान्सरमध्ये स्तन क्यान्सर, फोक्सोको क्यान्सर र तल्लो आन्द्राको क्यान्सरपछि पाठेघरको क्यान्सर चौथो नम्बरमा पर्छ ।
जब पाठेघरमा असामान्य कोषहरू अनियन्त्रित रूपमा वृद्धि हुन्छन्, तब पाठेघरको क्यान्सर हुन्छ । डिम्बाशयको क्यान्सर र पाठेघरको मुखको क्यान्सरपछि पाठेघरको क्यान्सर नै प्रजनन प्रणालीको क्यान्सरबाट हुने मृत्युको तेस्रो कारक तत्व हो । यद्यपी यसलाई प्रारम्भिक अवस्थामै पत्तो लगाउन सकियो भने उपचार संभव हुन्छ । त्यसैले महिलामा हुने केही त्यस्ता लक्षण छन्, जसले पाठेघर क्यान्सरको संकेत
गर्छ । यदि त्यस्तो संकेत देखापरेमा सर्तक रहनुपर्छ । चिकित्सकिय परामर्श लिनु पर्छ ।
यो जनावरी महिना भनेको क्यान्सरको जागरुपताको महिनाको रुपमा राखिएको छ । पाठेघरको मुखको क्यान्सर सातौ कमन क्यान्सर हो र यो चाहिँ महिलाहरुमा चौथो मा पर्ने गर्दछ । विकसित मुलकको कुरा गर्ने हो भने यो रोगबाट बच्नका निम्ती ज्एख् भ्याक्सिन लगाउने गरिन्छ जुन ५ देखि १५ बर्ष उमेर बर्गका बच्चाहरुलाई २ डोज खोप र १५ देखि २६ उमेर बर्गका मानिसहरुलाई ३ डोज खोप लगाउने गरिन्छ ।
त्यस्तै २६ बर्ष भन्दा माथिका उमेर पुगेका मानिसहरुले भ्याक्सीन लगाएता पनि भ्याक्सीनको प्रभाव नदेखिने भएकाले संक्रमण छ या छैन भनेर परिक्षणबाट पत्ता लगाउन सकिन्छ । यस भाइरसले भविष्यमा क्यान्सरको सम्भावना कति छ भन्ने कु्रा परिक्षण गरेर थाहा पाउन सकिन्छ । ९० प्रतिशत महिलामा असामान्य रूपमा योनिबाट रक्तश्राव हुन्छ । महिनावारी हुने समयभन्दा धेरै दिन धेरै मात्रामा, रगतको कालो ढिका जस्तो, कहिलेकाहीँ पानीजस्तो रक्तश्राव हुन्छ । त्यस्तै महिनामा दुई–तीनपटक महिनावारी हुने, यौन सम्पर्कको समयमा वा सम्पर्कपछि रक्तश्राव हुने आदि यसका लक्षणहरु हुन् ।
कस्तो अवस्थामा यस्को परिक्षण गर्ने त कस्ता रहन्छन यो क्यान्सको लक्षणहरु महिनावरी नभए पनि बिचमा रगत देखिनु, यौन सम्पर्क गर्दा रगत देखिने, सेतो र गन्हाउने पानि आउने, तल्लो पेट लगातार दुख्ने, ढाड दुख्ने, थकाई बढि लाग्ने, लामो समय सम्म खाकी निको नहुने र तौल घट्दै जाने लगायत लक्षणहरु देखिएमा तत्काल प्याबस्मेयरको परिक्षण गराउनु पर्दछ । यो परिक्षणले संक्रमितको क्यान्सरको कुन अवस्थाम छ भन्ने पत्ता लगाउन सकिन्छ ।
पाठेघरको मुखको क्यान्सर महिलाले असुरक्षित धेरै व्यक्तmीसँग यौन सम्पर्क राखेमा, सानै उमेरमा बिबाह गरेमा, सानो उमेरमै यौन सम्पर्क राखेमा, सानै उमेरमा बच्चा जन्माएमा, धेरै गर्भाधारण गरेमा, धुम्रपान गरेमा हुने गर्दछ । त्यसैले हरेक महिलाहरुले कम्तिमा बर्षमा एक पटक स्त्री रोग सम्बन्धीका डाक्टरहरुलाई भेटेर जाचँ गर्न जरुरी छ । यो परिक्षणले भविश्यमा हुने धनजन र खतराबाट बचाउँदछ । हामिले हामि कहाँ आउने महिला दिदी बहिनी आमाहरुलाई यस्ता रोगबाट आउने खतरा लक्षण र सवाधानका उपायहरुको ज्ञान दिन जरुरी छ ।
(डा. शर्मा एभरेष्ट अस्पतालमा स्त्री रोग तथा निशन्तान विशेषज्ञको रुपमा विगत ५ बर्ष देखि कार्यरत छिन्)
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनर्सहरुमाथिको दमन आखिर कहिलेसम्म ?
जेठ ८, २०८० सोमबार
अषाढ मै रौतहट पुर्ण खोप जिल्ला घोषणा हुने
जेठ ६, २०८० शनिबार
सबै अस्पतालको उपकरण जाँच १५ दिनभित्र गर्न स्वास्थ्यमन्त्री बस्नेतको निर्देशन
जेठ ५, २०८० शुक्रबार
सिंहदरबार पुगेर ओलीले प्रचण्डलाई सुनाए देउवाका कुरा
असार १६, २०८१ आइतबार
नेपालमै पहिलो पटक रोबोटबाट ३ बिरामीको सर्जरी, बिएण्डबीले राख्यो रेकर्ड !
असार १६, २०८१ आइतबार
नेकपा एसको महाधिवेशनमा अरु शीर्ष गए, ओली गएनन्
असार १६, २०८१ आइतबार
मनसुन थप सक्रिय हुने सम्भावना कायमै, सतर्क रहन अनुरोध
असार १७, २०८१ सोमबार
फ्रान्सको पेरिसमा निजी जेट दुर्घटनाग्रस्त, तीन जनाको मृत्यु
असार १७, २०८१ सोमबार
चन्द्रागिरिले बालबालिकाको नाममा पाँच हजार रकम जम्मा गरिदिने
असार १७, २०८१ सोमबार
एकीकृत समाजवादीको बन्द सत्र आज, विद्युतीय मेसिनमार्फत मतदान हुने
असार १७, २०८१ सोमबार
सरकार सञ्चालनलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता
असार १७, २०८१ सोमबार
मन्त्री उपस्थित नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित
असार १७, २०८१ सोमबार