म्याग्दीमा ५८ हजारभन्दा बढीले लगाए पूर्ण खोप
नेपालबहस संवाददाता
पुस २८, २०७८ बुधबार १८:३४:३५
२८ पुस, बेनी । म्याग्दीमा कोभिड–१९ विरुद्धको पूर्ण खोप ५८ हजारभन्दा बढीले लगाएका छन् । गत वर्षको माघ १४ गतेदेखि जिल्लामा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन भएको थियो । हालसम्म जिल्लामा ५८ हजार ३४३ जनाले कोरोनाको पहिलो र दोस्रो मात्राको पूर्ण खोप लगाएको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले जानकारी दिए ।
जोनसन एन्ड जोनसन ‘एकपटक मात्रै लगाए हुने’ समेत गरी पहिलो मात्राको खोप ६८ हजार ६४३ जनाले लगाएका थिए । जिल्लामा १८ वर्षमाथिको लक्षित जनसङ्ख्याको ९४ प्रतिशतले पहिलो मात्रा र ८० प्रतिशतले पहिलो र दोस्रो दुवै गरी पूर्ण मात्राको खोप लगाएको उनले बताए । पहिलो मात्रा लगाएर दोस्रो नलगाउने १४ प्रतिशत छन् ।
जिल्लामा १८ वर्षमाथिका लक्षित जनसङ्ख्या ७२ हजार ९७३ रहेकामा पहिलो मात्रा लगाएर दोस्रो नलगाउने र दुवै मात्रा नलगाउनेहरु समेत रहेकाले उनीहरुलाई तत्काल स्वास्थ्य संस्थाहरुको सम्पर्कमा आएर खोप लगाउने अनुरोध गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसैगरी १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाहरुलाई समेत खोप अभियान सञ्चालन भएको छ । जिल्लामा हालसम्म ११ हजार २७८ जना बालबालिकाहरुलाई कोभिड–१९ विरुद्धको मोडर्ना खोपको पहिलो मात्रा लगाइएको स्वास्थ्य कार्यालय प्रमुख लम्सालले जानकारी दिए ।
उनका अनुसार, उक्त उमेर समूहका १२ हजार ५४७ जना लक्षित जनसङ्ख्या रहे पनि ९० प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने उनीहरुलाई आगामी माघ दोस्रो साता दोस्रो मात्राको खाप लगाउने तयारी गरिएको छ ।
उनले जिल्लामा खोप पर्याप्त रहेकाले छुटेका लक्षित समूहका नागरिकहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहहरुले पहल गर्नुपर्ने बताए । १८ वर्ष माथिका लक्षित जनसङ्ख्यामध्ये अन्नपूर्णका गाउँपालिकामा ९५, रघुगङ्गामा ६०, धवलागिरिमा ७७, मालिकामा ७६, मङ्गलामा ७५ र बेनी नगरपालिकामा ८७ प्रतिशतले पहिलो र दोस्रो मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारले ल्यायो कोरोनाविरुद्धको ‘मनोभ्यालेन्ट’ खोप
असार १६, २०८१ आइतबार
कोरोनाको नयाँ भेरियन्ट देखिएसँगै १६ लाख मात्रा खोप ल्याइँदै
जेठ १७, २०८१ बिहिबार
नेपालमा काेरोनाको नयाँ भेरियन्ट ‘केपी १’ र ‘केपी २’ पुष्टि
जेठ ११, २०८१ शुक्रबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
नेपालबहस संवाददाता
मंसिर ३, २०८१ सोमबार
बालुवाटारमा बीआरआई बारे रस्साकस्सी चलिरहेका बेला कसरी निस्कियो मन्त्री फेर्ने कुरा ?
मंसिर ५, २०८१ बुधबार
पूर्वडीआईजी जोशीलाई काठमाडौं ल्याइयो
मंसिर ४, २०८१ मंगलबार
दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, ५० प्रतिशत कर्मचारीलाई 'वर्क फ्रम होम' लागु
मंसिर ५, २०८१ बुधबार
लोकतन्त्रको विकल्प अन्य व्यवस्था हुन सक्दैन : गृहमन्त्री लेखक
मंसिर ५, २०८१ बुधबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार