विमानस्थल जोड्ने सडक अटो व्यवसायीद्वारा सञ्चालन
नेपालबहस संवाददाता
पुस २९, २०७८ बिहिबार १७:३०:२६
२९ पुस, काठमाडौं । जिल्लाको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलको पक्की पुलदेखि विमानस्थलसम्म जोड्ने सडक यहाँका अटो व्यवसायीले सञ्चालन गरेका छन् ।
गएको असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म आएको वर्षासँगैको बेमौसमी बाढीले उक्त सडकमा पूरै क्षति पुर्याएको थियो । सेती नदीसँगै जोडिएको उक्त सडकमा नदीले बगाएर ल्याएका बालुवा, काठ, ढुङ्गा जम्मा भएका कारण यातायात सञ्चालनमा निकै समस्या हुँदै आएको थियो ।
यातायात सञ्चालनमा समस्या हुनुका साथै सडक भरी जम्मा भएका बालुवा, काठ, ढुङ्गा अहिलेसम्म पनि नहटाएका कारण आफूहरूले उक्त सडक सफा गरी यातायात सञ्चालनमा सहज गराएको जिल्लामा सञ्चालित भागेश्वर अटो प्रालीका सचिव प्रदीप बोगटीले बताए । उनले भने, “नदीको बाढीले सडक बिगारेको महिनौँ हुँदासम्म कुनै पनि निकायबाट बाटो खुलाउनका लागि पहल भएन, हामी आफैँले अहिले सडक सुचारु गराएका छौँ, सबैलाई राहत भएको छ ।”
भागेश्वर अटो प्रालिले भाडामा स्काभेटर लगाएर उक्त सडक खुलाएको हो । यसअघि यहाँका अटो व्यवसायीले कुलपाते–राजपुर सडकमा आएको पहिरो पन्छाउनुका साथै सडकभरिमा रहेका खाल्डाखुल्डी पुरेका थिए । जिल्लामा विगत तीन वर्षदेखि सञ्चालनमा आएको अटो व्यवसायका कारण छोटो दूरीको यात्राका लागि निकै सहजसमेत भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदार्चुला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापन जटिल
पुष २४, २०८१ बुधबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
अवैध नदीजन्य पदार्थ उत्खनन् तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश
माघ ७, २०८१ सोमबार
पूर्वमुख्यमन्त्री उद्धव थापा कुट्नेलाई कारवाही हुन्छ : गृहमन्त्री लेखक
माघ ७, २०८१ सोमबार
पोखरा महानगरमा कांग्रेसले लगायो ताला
माघ ७, २०८१ सोमबार
निर्यात ३२ प्रतिशतले बढेको अवस्थामा ७ खर्ब २३ अर्ब बढी देखियो व्यापार घाटा
माघ ७, २०८१ सोमबार
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
माघ ७, २०८१ सोमबार