कोभिड नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी
नेपालबहस संवाददाता
माघ १, २०७८ शनिबार २०:३९:३९
१ माघ, मान्म । कालीकोट जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण नियन्त्रणका लागि पाँच बुँदे आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमणको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ‘सिसिएमसी’ को सिफारिस एवं गृह मन्त्रालयको निर्णयबमोजिम शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी जारी गरिएको आदेशमा सार्वजनिकस्थलमा २५ भन्दाबढी उपस्थित हुने गरी राजनीतिक तथा प्रशासनिक, सामाजिक कार्यक्रम, भेला, मेला वा महोत्सव आयोजना नगर्न भनिएको छ ।
अत्यावश्यक र पहिल्यै तय भइसकेका कार्यक्रमका हकमा स्थानीय प्रशासनको अनुमति लिएर कोभिड–१९ को स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर गर्न पाइने भएको छ । सार्वजनिक स्थान९कार्यालय, होटल, रेष्टुरेन्ट, सिनेमा हल, पार्क आदि०मा प्रवेश गर्दा अनिवार्यरुपमा कोभिड–१९ विरुद्ध खोप लगाएको कार्ड ‘मोबाइलमा फोटो भए पनि हुने’ साथमा राख्न र ती निकायले खोप कार्ड हेरेर मात्र प्रवेश दिने व्यवस्था मिलाउनका लागि निर्देशन दिइएको छ ।
यही माघ ७ गतेदेखि सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य गरिने, सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, यात्रुले अनिवार्य मास्क लगाउनुपर्ने, यात्रु प्रवेश गर्ने ढोकामा सेनिटाइजर राखेर प्रयोगको व्यवस्था मिलाउनुपर्ने जनाइएको छ ।
घर बाहिर वा सार्वजनिकस्थलमा निस्कँदा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, समय समयमा साबुन पानीले हात धुने वा सेनिटाइजरको प्रयोग गर्नुपर्नेजस्ता कुरा जारी आदेशमा उल्लेख छ । जिल्लामा कोभिड–१९ संक्रमणको दर बढ्दै गएकाले यस्तो आदेश जारी गर्नुपरेको प्रजिअ रामहरि शर्माले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
बाढी, अग्नि पीडितको सहयोगार्थ एक करोड ४१ लाख सहयोग
माघ २, २०८१ बुधबार
सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री
माघ २, २०८१ बुधबार
राष्ट्रपतिले जारी गरे रोकि राखेको भूमिसम्बन्धी अध्यादेश
माघ २, २०८१ बुधबार