कोभिडबाट मृत्यु भएका परिवारलाई आर्थिक सहयोग
नेपालबहस संवाददाता
माघ ३, २०७८ सोमबार १८:४२:१७
♦ तोलाकान्त बगाले
३ माघ, वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले कोभिड १९ का कारण ज्यान गुमाएकाको परिवारलाई रु. २५ हजार उपलब्ध गराएको छ ।
नगरपालिकाले विशेष गरी मानवीय क्षतिप्रति राहत र काजकिरिया खर्चबापत प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराउँदै आएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
कोभिड १९ का कारण परिवारको सदस्य गुमाएर दुःखमा परेका वालिङका नागरिकलाई नगरपालिकाकोतर्फबाट राहतकासाथै काजकिरिया गर्नमा सघाउ पु¥याउने उद्देश्यसहित प्रतिपरिवार रु. २५ हजार उपलब्ध गराईएको प्रमुख खाँणले बताए ।
“कोभिड १९ को महामारीका समयमा परिवारको सदस्य गुमाएर पीडामा परेका बेला अभिभावककोरुपमा रहेको नगरपालिकाको तर्फबाट तत्कालकालागि राहत र काजकिरियाकालागि रकम उपलब्ध गराउँछौं” प्रमुख खाँणको भनाई थियो ।
नगरपालिकाले बनाएको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ लाई आधार मानेर कार्यपालिका बैठकबाट निर्णय गरी राहतस्वरुप उपलब्ध गराईएको प्रमुख खाँणले जानकारी दिए ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिकाको विपद ब्यवस्थापन कोष तथा कोरोना भाईरस कोषमा जम्मा भएको रकमलाई एकीकृत गरी नगरपालिकाको विपद कोषमार्फत खर्च गर्नकालागि विपद जोखिम न्यूनिकरण तथा ब्यवस्थापन ऐन, २०७५ को दफा २७ ले दिएको अधिकार प्रयोग गरी वालिङ नगरपालिकाको विपद ब्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७७ अनुसार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
“चालु आर्थिक वर्षको शुरुआतबाट राहत र काजकिरियाकालागि रु. २५ हजार उपलब्ध गराउन शुरु गरेका हौं” प्रप्रअ भट्टराईल भने, “पुसको १५ सम्ममा ४९ जनाले लगिसक्नुभएको छ भने अब प्रक्रियामा ६० भन्दा धेरै हुनुहुन्छ, अझै निवेदन आईरहेकाले संख्या बढ्ने देखिन्छ ।”
नगरपालिकाले गत पुस १५ सम्ममा ४९ जनालाई राहत र काजकिरियाबापत रु. १२ लाख २५ हजार उपलब्ध गराईसकेको लेखा सहायक ईश्वरीप्रसाद तिवारीले बताए ।
भुक्तानी दावी गर्नकालागि कोभिड १९ का कारण मृत्यु भएको अस्पतालले उपलब्ध गराएको प्रमाण, सम्बन्धित वडाको मृत्युदर्ताको प्रमाण तथा सिफारिससहित नगरपालिका कार्यालयमा निवेदन दिएपछि मृतकको परिवारभित्रको सदस्यलाई रकम उपलब्ध गराईने तिवारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमनाङमा यसवर्षको पहिलो हिमपात, किसान खुसी
पुष २९, २०८१ सोमबार
गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
यस्तो रहेछ कास्की अदालतबाट रवि धरौटीमा छुटनुको रहस्य
नेपालबहस संवाददाता
पुष २९, २०८१ सोमबार
प्रहरीका २५ एसपीको एसएसपीमा बढुवा सिफारिस
नेपालबहस संवाददाता
माघ १, २०८१ मंगलबार
आफूलाई अभियन्ता बताउने आशिका तामाङ पक्राउ
माघ २, २०८१ बुधबार
प्रचण्डलाई मोर्चा बनाउन हतार, झलनाथमा छैन रुची
माघ २, २०८१ बुधबार
कांग्रेसका मन्त्रीलाई देउवाले बोलाए बुढानिलकण्ठ
माघ २, २०८१ बुधबार
कालीगण्डकी नदीमा जलयात्रा गर्दै पर्यटक
माघ २, २०८१ बुधबार